हात्तीले धानबाली सखाप

कञ्चनपुर:
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीको झुण्डले मङ्गलबार राति धानबाली सखाप पारेको छ । हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका किसानको धानबाली नष्ट गरेको हो ।

मध्यरातमा खेतमा पसेको हात्तीको झुण्डले स्थानीयवासी धौलीदेवी तमौली, टेकबहादुर साउद, अजवसिंह बोहरा र दिलबहादुर बोहराको धानबाली नोक्सान गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । “हात्तीको झुण्डले खुट्टाले कुल्चेर तथा खाएर धानबाली नष्ट गरेको छ” उहाँले भन्नुभयो । खेत नजिकै रहेका घरमासमेत हात्तीले क्षति पु¥याएको छ ।

तीन वर्षदेखि निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्तीको झुण्डले खेतबारीमा लगाएको धान र गहुँबाली नोक्सान गर्दै आएको छ । हात्तीको झुण्डले गत वर्ष नगरपालिकाका वडा नं ७, ६, ५, ४, ३ र २ मा झण्डै २०० किसानको धान र गहुँबाली नष्ट गरेको थियो । हात्ती नियन्त्रणका लागि नगरपालिकाले प्रभावकारी योजना ल्याउन नसक्दा किसानले हैरानी खेप्नु परिरहेको छ । (रासस)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments