बन्दागोवी बेचेरै लाखौं रुपैयाँ आम्दानी गर्दै

तेह्रथुम:

तेह्रथुमको लालिगुराँस नगरपालिका १ डाडाँखर्कका कृषकले बन्दागोवी बेचेर लाखौं रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

डाडाँखर्कका कृषकहरुले यो सिजनमा आफुले उत्पादन गरेको बन्दा बेचेर गाउँमा ५० लाख भन्दा बढी आम्दानी गर्ने गरेको दाबी गर्छन् । कृषकले उत्पादन गरेको बन्दा धरान, विराटनगर, ईटहरी, विर्तामोट र भारतका विभिन्न ठाउँमा विक्रि हुने गरेको छ । वन्दागोवी नेपाल लगायत भारतका विभिन्न ठाउँमा प्रतिकेजी २० रुपैया सम्ममा विक्री गर्ने गरेकोे छ ।

बन्दागोवीलाई अरु बाली जस्तो धेरै जमिन पनि नचाहिने भएकाले कृषकको आकर्षण बढेको छ । आफुले २६ रोपनी जग्गामा लगाएको बन्दाबाट १२ लाख भन्दा वढी आम्दानी हुने डाँडाखर्कका कृषकको भनाई छ ।

युवालाई बैदेशिक मोहले तानिरहेको बेला डाँडाखर्कका युवाहरु भने गाउँघरमा नै तरकारी खेती गरेर राम्रो आम्दानी गर्दैआएका छन् । जिल्लाका बसन्तपुर, फुलेक, लसुने, डाडाँखर्क, रातोपाटी, चित्रे, काडे, हरिसे, भोटेछाप लगायतका स्थानमा ब्यवसायिक रुपमा वन्दागोेपी हुने गरेको छ ।

News24Nepal.TV

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments