उद्योग संचालनमा नआउँदा स्याउ कृषक मर्कामा

डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वार्ड ४ रंगमा स्थापना भएको फ्रुट प्रोसेसीङ जुस उद्योग संचालनमा नआउँदा डोल्पाली स्याउ कृषक मर्कामा परेका छन्।

जिल्लामा वर्षेनी बजारको अभावमा कुहिएर जाने अर्गानिक स्याउलाई सदुपयोग गर्ने उद्देश्यले उच्च पहाडी कृषि ब्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाको आर्थिक सहयोगमा ०७३ वैशाखमा स्थापना गरिएको जुस उद्योग संचालनमा नआएपछि उत्पादित स्याउले बजार नपाउँदा स्याउ कृषक मर्कामा परेका हुन्।

कृषि ब्यवसाय विकाद्वारा उत्पादनमा वृद्धि ,नाफा, रोजगारी र हिमाली भेगमा सम्बृद्धि भन्ने नारा बोकेर ५७ लाख २३ हजार ४ सय ८२ को लागतमा स्थापना गरिएको पाँच कोठे अत्याधुनिक उद्योग नियमित बत्तीको अभावमा संचालनमा आउन नसकेको हो।

गाउँमा उत्पादन भएर बजार नपाएको स्याउ, केसर लगायत सिबक्र्थोनको खरिद गरी बहुउपयोगी जुस उत्पादन गर्ने भनेर उद्योग स्थापना गरेको उद्योग संचालक तथा त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले बताए।

डिस्ट्रीलरी पनि बन्द
गाउँमा फल्ने तर बजारको पहुँचमा नपुगेको स्याउलाई गाउँमै उद्योग स्थापना गरी बजार दिने उद्देश्यले ०३८ सालमा रंग गाउँमा स्थापना गरिएको केसर मिस्रित स्याउको वाइन र रक्सी बनाउने डिस्ट्रीलरी पनि २ वर्षदेखि बन्द हुँदा स्याउ कृषक समस्यामा छन्।

दुनियाँ बजारमा हाम्रो स्याउले पाइला नटेकेपनि गाउँकै डिस्ट्रीलरीले प्रति केजी १५ रुपैयाँमा हाम्रो स्याउ खरिद गर्थ्र्यो, दुनियाँ बजार खोज्न जानुपर्ने थिएन तर त्यो पनि बन्द हुँदाआज भोली हामीलाई बजारको समस्या भएको छ, स्याउ कृषक नवराज बुढाले दुखेसो पोखे।

२०३८ सालमा स्थापना भएको डिस्ट्रीलरीले नियमित रुपमा स्याउको वाइन र रक्सी बनाई बजार लिइरहेका बेला ०५१ र ०६१ सालमा तत्कालिन बिद्रोही माओवादीले बन्द गराएको थियो। माओवादीले चुलाई गर्ने चुलो र ठुलो संख्यामा मेसिनरी औजार समेत लुटेर लगेपछि डिस्ट्रीलरी संचालनमा अवरोध आएको भएपनि ०६३ सालबाट पुन संचालनमा आएको थियो।

दैनिक २० क्वीन्टल भन्दा बढी स्याउ चुलाई भइ प्रशोधन गर्दै आएको डिस्ट्रीलरीले प्रति केजी १५ देखि २५ रुपैयाँमा कृषकबाट स्याउ खरिद गर्दै आएकोमा ०७२ सालबाट जनशक्तिको अभावमा डिस्ट्रीलरी बन्द गरिएको संचालक ओमबहादुर बुढाले बताए।

उद्योग बन्दको प्रमुख कारण
बहुउदेश्यीय बिचार राखी कृषि क्रान्तीबाट मात्र देशलाई आर्थिक सम्बृद्धितर्फ डोर्याउन सकिन्छ भन्ने सोच राख्ने डिस्ट्रीलरी संचालक ओमबहादुर बुढा परिवारको राजनीतिक ब्यस्तता पनि उद्योग बन्दको प्रमुख कारण हो।

०७४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ओबहादुर बुढा त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा निर्वाचित भए। यसै गरी ०७४ को प्रदेश सभा क्षेत्र ख बाट समानुपातिकमा समेत उद्योगी बदमी क्वारी बोहरा (बुढा) प्रदेश सभासद बनेपछि दुबै श्रीमान श्रीमतिको राजनीतिक ब्यस्तता बढेको हो।

श्रीमति प्रदेश सभा तर्फ र श्रीमान नगरपालिकामा ब्यस्ततामा रहन थालेपछि उद्योग संचालनमा समस्या आएको त्रिपुरासुन्दरी नगरपालिका ४ का वडा अध्यक्ष श्रीदल बुढाले बताए।

nagariknews.nagariknetwork.com

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *