सयपत्रीमा आत्मनिर्भर बन्दै

झापा,माग बढ्दै गएपछि झापामा सयपत्री पूmलको व्यावसायिक खेतीप्रति किसान आकर्षित हुँदै गएका छन् । जिल्लाको गौरादह, अर्जुनधारा, विर्तामोड मेची नगरपालिका र भद्रपुर नगरपालिकामा स्थानीयले सयपत्रीको व्यावसायिक खेती सुरु गरेका हुन् । यी क्षेत्रमा लगभग २० बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती गरिएको छ ।
जिल्लाको भद्रपुर नगरपालिका ७ इलुबारीकी खगिन्द्रा खुसीले अढाई बिघा जग्गा फूलखेती गर्नकै लागि भाडा लिनुभएको छ । यसमध्ये एक बिघा क्षेत्रमा यसै वर्षदेखि बाह्रमासे सयपत्री फूल लगाउनुभएको छ । उहाँले उखुखेती मासेर सयपत्री फूलखेती लगाउनुभएको हो । उहाँले यस वर्षमात्र आठ हजार वर्णशङ्क र रैथाने जातका बाह्रमासे फूल लगाएको खुसीले जानकारी दिनुभयो । अबको एक वर्षभित्रमा झापा सयपत्री फूलका लागि आत्मनिर्भर बन्न सक्ने व्यवसायीको भनाइ छ । उहाँजस्तै मेची नगरपालिका ९ मा डी एन्ड डी वायोप्लान्टेक नामक कम्पनी नै दर्ता गरेर चार वर्षदेखि नर्सरी व्यवसाय सुरु गरेको दीक्षा उप्रेतीले बताउनुभयो । उहाँले १० कट्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती गर्दै आएको बताउनुभयो । फूलखेतीले महिलालाई व्यावसायिक बन्न ठूलो मद्दत पुगेको महिला उद्यमी सङ्घ झापाकी अध्यक्ष गोमा भट्टराईले बताउनुभयो । उहाँले जिल्लाकै विर्तामोड नगरपालिका १ र भद्रपुर नपा ८ मा एक बिघा क्षेत्रमा सयपत्री फूलको खेती गरिरहेको जानकारी दिनुभयो । फूल फुल्ने सुरु गर्दै मालाका लागि अर्डर आइसकेको उहाँले बताउनुभयो ।
उहाँहरू जस्तै आधुनिक टनेलमार्फत बेमौसमी खेती गरिरहनुभएका विर्तामोड गनरपालिका ९ का दलबहादुर अभिकारीले समेत नगरपालिकाबाट ६० हजार रुपियाँ अनुदान फूलखेतीबाटै प्राप्त गरेको बताउनुभयो ।
जन्मदेखि मृत्यु पर्यन्तसम्म चाहिनेअनुसार सयपत्री फ्ूल नेपालमा आवश्यकता अनुसार उत्पादन हुनसकिरहेको छैन । नेपालमा उत्पादन भएको फूलले माग थेग्न नसकेपछि बर्सेनि भारतबाट करोडौं रुपियाँ बराबरको आयात भइरहेको छ । यस्तो अवस्थमा स्थानीयले व्यावसायिक रूपमा नै खेती गर्नुले भारतीय फूल प्रतिस्थापन गर्न उत्साहित बनाएको व्यवसायीको भनाइछ ।
फूलखेतीमा लागेका व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले विर्तामोड नगरपालिकाले अनुदानको व्यवस्था गरेको नगरका प्रशासकीय प्रमुख पशुपतिराज खतिवडाले बताउनुभयो । फूलखेती गर्न उद्यमी महिला सङ्घलाई फूलको बेर्ना उत्पादन गर्न चालु आवमा ५० हजार रुपियाँ विनियोजन गरिएको छ ।
फूलखेती ६ महिनामा नै बिक्री गर्न तयार हुने भएकाले जिल्लाका धेरै सयपत्री खेती गरिहेको किसान अब आउने दीपावलीमा बिक्री गर्ने गरी फूल तयार भइरहेको व्यवसायीले बताएका छन् ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments