राँगा र भैंसीको पुच्छर काटियो

स्याङ्जा। पछिल्लो समय विभिन्न समाजीक घटनाहरु सामान्य रुपमा आईरहेको बेला स्याङजामा नयाँ घटना देखा परेको छ ।

रातिको समयमा गोठमा पालिएका भैंसी र राँगाको पुच्छर काटीएको घटनाले जिल्लामा समाजिक सुरक्षालाई चुनौती दिएको छ ।

स्याङजाको पुतलिबजार न.पा. ४ झौरीखेत निवासी थान ब।थापाको गोठमा भएका राँगा र दुधालो भैंसीको पुच्छर अज्ञात समुहले काटिदिएका छन् ।

राँगा र भैंसीबाट आम्दानी गरिरहेका थापा यतिखेर चिन्तित बनेका छन् । थापाले बिउ राँगोलाई माग भएको ठाउंमा लिएर जाने र भैंसीको दुध बेचेर गुजारा चलाउंदै आएका थिए । थापाको आम्दानीको स्रोत माथि भएको यस्तो घटनाले उनी चिन्तित बनेका छन् ।

यस घटनाको अनुसन्धान र घटनमा संल्गनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । केही शंकाशपद व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भएपनी घटनामा संलग्न भएकाहरु किटान भैसकेका छैनन् ।

krishipatrika.com/2018/09/10561

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments