इलामको चियाबगानको अस्तित्व धरापमा, कसरी पहिले जस्तै हराभरा बनाउन सकिन्छ ?

इलाम, सदरमुकाम इलाम बजारसँगै जोडिएको चिया बगान यतिवेला परिर्वतन भएको छ । इलामको इतिहास बोकेको यो बगान संरक्षणको अभावमा यस्तो भएको हो ।
सन् १८६२मा कर्नेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको विरूवा इलामको इलाम चियाबगानमा रोपेपछि नेपालमा चिया खेती प्रारम्भ भएको हो । चियाको उक्त बीउ चीन सरकारले प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणालाई उपहार दिएका थिए । अहिले आएर सोही ऐतिहासीक चिया बगानले आफ्नो अस्तित्व गुमाउन लागेको छ ।
चियाबगानमा काम गर्ने मजदुर अभावले गर्दा यो बगान यस्तो भएको हो । नेपाल सरकारको स्वमित्वमा रहेको इलाम चियाबगान अहिले साङ्घाई ग्रुपले भाडामा लिएर चलाई रहेको छ । साङ्घाई ग्रुपले मजदुरहरुलाई उचित ज्याला नदिएपछि चियाबगानको संरक्षणको अभाव भएको हो । इलाम घुम्न आउने पर्यटक इलामको ऐतिहासीक चियाबगान हेर्न आउने गरेको तर चियाबगानको अवस्था यस्तो देखेपछि इलामको बारेमा नकरात्मक असरसमेत पर्न थालेको बताउँछन् स्थानीय डम्बर गुरुङ ।
नेपालमा चिया खेती शुरु भएपछि मात्र भारतमा चिया खेती शुरु भएको हो । यस्तो ऐतिहासीक चिया बगानको यस्तो अवस्था देख्दा धेरै दुःख लागेको निजिकरणसँगै इलामको इतिहास मेटिन लागेकोमा आफु चिन्तित भएको वताउँछन् स्थानीय दिलिप चाम्लिङ । उनले भने, ‘मजदुरहरुलाई उचित ज्याला दिएर काममा लगाउने हो भने यो चियाबगान पहिला जस्तै हराभरा हुने थियो ।
इलामको पहिचन बनेको चियाबगान यसरी निजी क्षेत्रलाई लिजमा दिएर इलामको पहिचान हराउने अवस्थामा पुगेकोले समयमा नै स्थानीय तहले उचित कदम चालेर यस्को व्यवस्थापन गर्न जरुरी रहेको स्थानीय वुद्धिजिवी केदार सापकोटा बताउँछन् ।
यसरी इलामको मात्र नभएर सिंगो देशकै इतिहास बोकेको चियाबगानको अस्तित्व धरापमा परेको छ । इलाम चियाबगानबाट नेपालको चिया खेती शुरुभएको इतिहास मेटिन नदिनको लागि भएपनि सरोकारवालाहरुले समयमै उचित कदम चाल्न जरुरी देखिन्छ ।
www.news24nepal.tv
1 thought on “इलामको चियाबगानको अस्तित्व धरापमा, कसरी पहिले जस्तै हराभरा बनाउन सकिन्छ ?”