ऋण काढेर घर चलाउनु परेको छ : उखु किसान

परासी — पश्चिम नवलपरासीका उखु किसानलाई चिनी उद्योगले ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । लामो समयदेखि स्थानीय तहदेखि केन्द्रसम्म संघर्ष गरे पनि उनीहरूले बक्यौता रकम पाएका छैनन् ।

उनीहरूले चिनी उद्योगलाई उधारोमा उखु बेचेका थिए । अहिले उखु प्रशोधन गरेर बनाएको चिनी बजारमा आइपुग्दा समेत भुक्तानी पाएका छैनन् । भुक्तानी दिन माग गर्दै चिनी उद्योग घेराउ, प्रशासनमा ज्ञापन पत्र र उजुरी दिए पनि टेरेका छैनन् । पैसा नपाएपछि खेती लगाउँदाको ऋणसमेत किसानले चुक्ता गर्न सकेका छैनन् ।

प्रतापपुर ९ का रिंकुकुमार गुप्ताले चार बिघामा उखु लगाएका छन् । बीउ, मल र श्रम गर्दा ३ लाख रुपैयाँभन्दा बढी खर्च भइसक्यो । उनले ऋण काढेर खर्च गरेका हुन् । गत वर्ष उत्पादन भएको उखु वाग्मती र इन्दिरा सुगर मिललाई बेचेका थिए । अहिलेसम्म जम्मा २० प्रतिशत भुक्तानी पाएको उनले बताए । अझै ६ लाखभन्दा बढी रुपैयाँ उद्योगबाट भुक्तानी हुन बाँकी रहेको उनले बताए ।

‘ऋण गरेर लगाएको खेती उधारोमा बेच्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘चिनी मिल र प्रशासनमा भुक्तानीका लागि धाउँदा पनि रकम पाइएन ।’ उखुकै भरमा परिवार चलाउने यस क्षेत्रका किसानले भुक्तानी नपाउँदा साहुको ऋण तिर्न र घर खर्च चलाउन समस्या परेको गुनासो गरेका छन् । भुक्तानी नपाएपछि कसरी चाडपर्व मनाउने भन्ने चिन्ता थपिएको छ । फेरि ऋण तिर्नुपर्ने बाध्यतामा छन् ।

उखु उत्पादक किसान समितिले पटकपटक बक्यौता रकमका लागि स्थानीय तहदेखि केन्द्रसम्मका मन्त्रीलाई भेटेर समस्या समाधान गरिदिन आग्रह गर्‍यो । आश्वासनबाहेक अन्य केही भएन । समितिका अध्यक्ष उमेश यादवले अहिले पश्चिम नवलपरासीमा मात्र ४५ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको छ । ‘चुनावका आश्वासन कता हराए कता,’ उनले भने, ‘धमाधम उधारोमा उखु खरिद गरेर चिनी बेच्दासमेत किसानको रकम भुक्तानी गर्न उद्योगीले आनाकानी गरेपछि शुक्रबारबाट अनिश्चितकालीन राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिँदै छांै ।’

उद्योगीले भने नेपाली चिनीले मूल्य नपाएकाले बेच्न नसकिएको बताउँछन् । वाग्मती खाडसरी चिनी उद्योगका सञ्चालक राम थापाले महिनामा ५० लाखका दरले भुक्तानी गर्दै आएको आएको बताए । ‘हामीसँग चिनी गोदाममा थन्किएको छ,’ उनले भने, ‘मूल्य कम भएपछि चिनी बेच्न सकिएन, चिनी नबिकेपछि किसानलाई भुक्तानी दिन केही ढिलाइ भए पनि तिहार अगाडिसम्म सबै भुक्तानी हुनेछ ।’ भारतीय चिनी ४० रुपैयाँभन्दा कम मूल्यमा नेपाल भित्रने गर्छ । चिनी ६० रुपैयाँभन्दा कम मूल्यमा बेचेमा उद्योग धराशायी हुने भन्दै उद्योगीले चिनी बेचेका छैनन् ।

सबैभन्दा बढी वाग्मती सुगर मिलले २७ लाख, इन्दिरा सुगर मिलले १७ करोड र लुम्बिनी चिनी उद्योगले १ करोड किसानको बक्यौता तिर्न बाँकी रहेको उखु उत्पादक कृषक समितिले जनाएको छ । जिल्लामा सबैभन्दा धेरै उखु उत्पादन ०५९ सालमा ४२ लाख क्विन्टल भएको थियो । गत वर्षसम्ममा त्यो घटदै २० लाख अर्थात् आधामा झरेको छ ।

गत वर्ष जिल्लामा साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भए पनि यस वर्ष जम्मा ५ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको उखु उत्पादक किसान समितिले जनाएको छ । सिजनमा ४० लाख क्विन्टल उखु क्रसिङका लागि आवश्यक भए पनि उखु खेतीबाट किसान बर्सेनि विस्थापित हुन थालेपछि आवश्यकभन्दा आधा मात्र उखु उत्पादन हुने गरेको छ ।

www.kantipurdaily.com

सम्बन्धित खबर
बजेट भाषण: कृषिमा दर्जनौँ नयाँ कार्यक्रम

काठमाडौँ:सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला केही नयाँ कार्यक्रमको घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले ...

‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा
सहुलियतपूर्ण कर्जामा युवाको बढ्दो आकर्षण

काठमाडौँ:सरकारले कृषकका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक ...

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौँ:सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक ...

पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने

काठमाडौँ:नेपाल सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा ...

वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट

काठमाडौँ: सरकारले वन तथा वातावरण क्षेत्रमा रु १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज ...

तनहुँमा छ सय ४६ पशुमा लम्पीस्किन, ४३ गाईगोरु मरे
कञ्चनपुरमा पहिलोपटक पशुमा लम्पी स्किन रोग देखापर्‍यो

डुम्रे:अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *