खाद्यान्न अभाव हुन नदिन निर्देशन

काठमाडौँ — कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले दसैं, तिहार, छठ पर्वमा खाद्यान्न अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले गुणस्तरीय खाद्यान्नको उचित व्यवस्था गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘चाडबाडको समयमा दुग्ध, मासु, फलफूल, तरकारी लगायतको अभाव नहुने गरी गुणस्तरीय खाद्यान्नको उचित व्यवस्था गर्न निर्देशन दिएका छौं,’ समितिकी सभापति पूर्णकुमारी सुवेदीले भनिन् । दैनिक उपभोग्य वस्तुको कालोबजारी हुन नदिन अनुगमनको व्यवस्था गर्न पनि बताइन् ।

भत्किएको कालीगण्डकी तटबन्ध अर्को वर्षा नआउँदै बनाउने उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको बताइन् । वर्ष नबित्दै तटबन्ध भत्किनुको कारण समितिमा एक साताभित्र पेस गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई निर्देशन दिएको बताइन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments