२३ वडामा अलैंची जोन कार्यक्रम

ताप्लेजुङ – ताप्लेजुङका तीन वटा स्थानीयतहका २३ वटा वडामा अलैंची जोन कार्यक्रम लागु हुने भएको छ। अलैंची जोनक्षेत्र निर्धारणका लागि शुक्रबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटार ललितपुरले आयोजना गरेको बैठकले फुङ्लिङ नगरपालिका र मैवाखोला गाउँपालिकाका सबैक्षेत्र तथा फक्ताङ्लुङ गाउँपालिकाका ७ वटा वडामध्ये एउटा बाहेक सबै वडामा अलैंची जोन कार्यक्रम लागुगर्ने निर्णय गरेको छ।

बैठकमा सहभागी फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई(तारा)ले फुङ्लिङका ११ वटा वडा, मैवाखोला गाउँपालिकाका ६ वटा तथा फक्ताङ्लुङ गाउँपालिकाका ७ वटा मध्ये वडा नम्बर ७ ओलाङ्चुङगोला बाहेक बाँकी ६ वटा वडा गरी जिल्लाभरका २३ वडामा अलैंची जोन कार्यक्रम लागु हुने निर्णय भएको बताए। ताप्लेजुङ भरीमै ओलाङ्चुङगोलामा मात्र अलैंची उत्पादन नहुने बताइन्छ। यहाँ ६१ वटा वडा रहेका छन्।

nagariknews.nagariknetwork.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?