हाइब्रिड धानमा कालोपोकेको प्रकोप

खलङ्गा, जिल्लाको भेरी १ कालेगाउँमा कालोपोके रोगले धानबालीमा क्षति गरेको छ । भिœयाउने समयमा धानबाली रोगले सखाप पारेपछि कृषक मर्कामा परेका छन् । धेरै आम्दानीको आशमा कृषकले नयाँ युएस ३१२ हाइब्रिड जातको धान खेती गरेका थिए । धान खेतीबाट जीवीका चलाउँदै आएका कालेगाउँका कृषक धान भित्राउने समयमा भने निराश भएका छन् ।
रोग लागेर धानबाली नस्ट भएको छ । पसाएर गेडा लागेको धानको बाला र गेडामा कालो ढुसी लागेर नस्ट गरेको छ । दुःख गरेर लगाएको धानबाली भित्राउने बेला रोगले नस्ट गरेको छ, कृषक बलबहादुर बस्नेतले भन्नुभयो, वर्षभरि खाने धान सबै सखाप भयो अब १४ जनाको परिवार कसरी पालुँ ?
काले गाउँभरि लगाएको धानबाली रोगले सखाप पारेपछि कृषक मर्कामा परेका छन् । जिल्लाको होलुखोला र कालेगाउँमा अत्यधिक धान उत्पादन हुने गर्दछ । उत्पादन गरेर भिœयाउने समयमा रोग लागेपछि कृषक निराश भएका छन् ।
दाना लाग्ने समयमा रोगको सङ्क्रमण भएपछि धान खेती नस्ट अर्का कृषक दलबहादुर खत्रीले बताउनुभयो ।
जिल्ला कृषि अनुसन्धान केन्द्र जाजरकोटले खाद्यान्न बालीमा लाग्ने धानको कालोपोके रोग भएको जनाएको छ । उक्त रोगको उपचार नभएको बताएको छ । हाइब्रिड जातको धानमा बीउको माध्यमबाट कालोपोके रोग फैलने गरेको कृषि प्राविधिक टोपबहादुर विकले बताउनुभयो ।
रेसिसेन्स भन्ने रोगको जीवानुले कर्णशङ्कर जातसँग लड्न सक्ने क्षमता कम हुने हुँदा यसले हाइब्रिड जातमा बढी फैलने गर्छ । यो हावाको माध्यमबाट अन्य स्थानमा फैलिँदै जाने गर्छ । यसले स्थानीय धानको जातलाई भने क्षति गर्न नसक्ने बताइएको छ । कालेगाउँका ५० घर परिवारको ३० हेक्टरभन्दा बढी खेतमा लगाइएको धानबाली नस्ट गरेको छ । यसलाई स्थानीय भाषामा कुकाँ नामले चिनिने उक्त रोग कालेगाउँमा पहिलोपटक देखापरेको हो । रोग नियन्त्रणका लागि कुनै प्रयास नरहेको हो । रोगले ६५ प्रतिशत धानमा क्षति गरेको छ ।
कृषकले आफूखुसी धानको बीउ लगाउँदा विभिन्न रोगको सङ्क्रमण बढ्दै गएको कृषि प्राविधिक विकले बताउनुभयो । रोग लाग्नुभन्दा पहिले नै रोग नियन्त्रणको उपाय अपनाउनुपर्ने कृषि प्राविधिक विकले सुझाव दिनुभयो ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments