चिनीको मूल्यमा चलखेल गरेको भन्ने आरोप तथ्यहीन :मन्त्री यादव

काठमाडौँ :
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजारमा चिनी अभावका विषयमा मन्त्रालयमाथि लगाइएको आरोपप्रति खेद प्रकट गर्दै छानबिन गर्न माग गर्नुभएको छ ।

मन्त्री यादवले सङ्घीय संसद्, सचिवालयलाई एक पत्र लेख्दै रु एक अर्ब ६९ करोडको चिनीको मूल्य बढाउन मन्त्रालयले चलखेल गरेको भन्ने आरोप तथ्यहीन भएको दाबी गर्नुभएको छ । उहाँले यथाशीघ्र छानबिन गरी दोषीमाथि कडा कारवाही गर्नसमेत माग गर्नुभएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको यही असोज १५ गतेको बैठकमा आपूर्ति मन्त्रालयका सचिवद्वय तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकसँगको छलफलका क्रममा मन्त्रालय स्वयम् चिनीको मूल्य बढाउन चलखेल गरेको आरोप लागेको थियो ।

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

2 thoughts on “चिनीको मूल्यमा चलखेल गरेको भन्ने आरोप तथ्यहीन :मन्त्री यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *