चिनीको मूल्यमा चलखेल गरेको भन्ने आरोप तथ्यहीन :मन्त्री यादव

काठमाडौँ :
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजारमा चिनी अभावका विषयमा मन्त्रालयमाथि लगाइएको आरोपप्रति खेद प्रकट गर्दै छानबिन गर्न माग गर्नुभएको छ ।

मन्त्री यादवले सङ्घीय संसद्, सचिवालयलाई एक पत्र लेख्दै रु एक अर्ब ६९ करोडको चिनीको मूल्य बढाउन मन्त्रालयले चलखेल गरेको भन्ने आरोप तथ्यहीन भएको दाबी गर्नुभएको छ । उहाँले यथाशीघ्र छानबिन गरी दोषीमाथि कडा कारवाही गर्नसमेत माग गर्नुभएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको यही असोज १५ गतेको बैठकमा आपूर्ति मन्त्रालयका सचिवद्वय तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकसँगको छलफलका क्रममा मन्त्रालय स्वयम् चिनीको मूल्य बढाउन चलखेल गरेको आरोप लागेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?