भन्टा खेतीमा आकर्षण

इनरुवा, सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाका किसानहरू भन्टा खेतीतर्फ आक्रर्षित भएका छन् । स्थानीय किसानहरूले बेमौसमी भन्टाबाट राम्रो आम्दानी हुने भएकाले भन्टा खेतीतर्फ आकर्षित भएको किसान विवेक मेहताले बताउनभयो । किसानहरूले विभिन्न बालीमा गरेको लगानीबाट राम्रो प्रतिफल नभएको बेला किसानहरू भन्टा खेती थालेको मेहताले जानकारी दिनुभयो ।
जिल्लाको हरिनगर गाउँपालिका–४ का किसान झल्लु नुनियाले आफ्नो १४ कट्ठामा भन्टा खेती गर्नुभएको छ । उहाँले धान राम्रो नफल्ने खेतमा भन्टा खेती गरेको बताउनुभयो ।
हरिनगरका स्थानीय किसान हरिलाल मेहता, सुवाालल मेहता, सुन्दर मेहता, राजकुमार मेहता, विजयकुमार मेहता, कपिलेश्वर मेहता, श्यामदेव मेहता, शिवपुजन मेहताले दुई कट्ठादेखि एक विघा क्षेत्रफलसम्ममा भन्टा खेती गरेको वडा सदस्य राजेशकुमार पालले जानकारी दिनुभयो ।
पालका अनुसार हरिनगरका किसानले उत्पादन गरेको भण्टा स्थानीय बजारमा नै बिक्री हुने भएकाले समेत आकर्षण बढेको हो ।
मधेसमा दसैँको बेला माछामासु नखाने र तरकारी नै बढी रोज्ने भएकाले समेत हरिनगरका किसानहरू भन्टा खेतीतर्फ आकर्षित भएको किसान श्यामदेव मेहताले बताउनुभयो । स्थानीयस्तरमा थोक मूल्य ४० रुपियाँ प्रतिकेजीको दरमा भन्टा बिक्री भएको छ भने खुद्रामा ५० देखि ६० रुपियाँ प्रतिकेजीमा बिक्री भएको किसान शुवालाल मेहताले जानकारी दिनुभयो ।
हरिनगर क्षेत्रमा ५० हेक्टर क्षेत्रफलमा किसानले भन्टा खेती गरेका छन् । कृषि सेवा केन्द्र हरिनगरका प्राविधिक भुवनेश्वर यादवले यहाँका स्थानीय किसानहरू भण्टा खेती गरेको र आफूहरूले परामर्श दिएको बताउनुभयो ।
यहाँका किसानले भन्टासहितका तरकारी खेतीबाट घर खर्चसहित छोराछोरीको पढाइ खर्च चलाइरहेको यादवको भनाइ छ ।

www.gorkhapatraonline.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?