भोजपुरका २२ वडा ‘अलैंची जोन’

भाेजपुर — खेती विस्तार गर्दै कृषकले उत्पादन गरेको अलैंचीको बजार व्यावस्थापन र भण्डारण गर्ने लक्ष्यले अलैंची जोन कार्यक्रम ल्याइने भएको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लाका नौवटा स्थानीय तहमध्ये चार स्थानीय तहका २२ वडामा कार्यक्रम लागू हुनेछ  ।

अलैंची जोन क्षेत्र निर्धारणका लागि केन्द्रीय स्थलगत प्राविधिक, कषि प्राविधिक र सरोकारवालाको संयुक्त बैठकले यस्तो निर्णय गरेको थियो । कार्यक्रम स्वीकृत भए पनि ती वडाहरूमा क्षेत्र निर्धारणका लागि केन्द्रमा सिफारिस पठाइएको कार्यालयले जनाएको छ ।

क्षेत्रको कार्यालय स्थापनाका लागि कृषिमन्त्रीको उपस्थितिमा सम्पन्न बैठकबाट सिफारिस स्वीकृत भएर आएपछि मात्र उक्त काम सुरु हुने कार्यालयका सूचना अधिकारी युकमणि भट्टराईले बताए । जिल्लाको कुल ३ सय ६० हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइने अलैंचीका लागि भोजपुुर, बोखिम, सिद्धेश्वर, गुप्तेश्वर, भैंसीपंखा, हेलौंछा, दोभाने, खावा, ओख्रे, तिम्मा, श्यामशिला, षडनन्द नगरपालिका क्षेत्र, कोट, चम्पे बोया, गोगने, खार्ताम्छा, कुदाककाउले, किमालुङ, आम्तेकलाई पकेट क्षेत्र मानिन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटार ललितपुरको बैठकबाट भोजपुर नगरपालिकाको १ र २, गुप्तेश्वरको ३, सिद्धेश्वरको ४, बोखिमको ५, पोखरेको ५, काउलेको ९, भौसीपंखा १० र आम्तेकको १ मा अलौची जोन क्षेत्र लागू गर्ने निर्णय गरिएको हो । यस्तै षडानन्द नगरपालिकाको ९, किमालुङको १०, साङपाङको १३ , टेम्केमैयुङ गाउापालिकाको १, २, ३, ४, ५, ७, ८, ९, रामप्रसाद राई गाउँपालिकाको १, ओख्रे र अरुण गाउँपालिकाको २, चम्पेगरी जिल्लाका ८१ वटा वडामध्ये २२ मा अलैंची जोन कार्यक्रम लागू गरिने परियोजनाका वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारीले जानकारी दिए ।

केन्द्रबाटै प्राविधिक आएर उक्त क्षेत्रको स्थलगत अनुगमनपश्चात् उक्त स्थानहरूमा अलौची जोन कार्यक्रम गरिने भएको हो । गतवर्ष जिल्लाबाट कुल एक सय ९२ टन अलैंची निर्यात गरिएको थियो । ३ वर्षअघि मात्र प्रतिमन १ लाख ३० हजारसम्म बिक्री भएको अलौचीको मुल्य यो वर्ष प्रतिमन २७ हजारमा बिक्री भएको साबिक कृषि विकास कार्यालयले जनाएको छ । अलैंचीको भाउमा आएको भारी गिरावट र अलैंचीमा लाग्ने रोग र बाादर आतंकले गर्दा किसान झन् मारमा पर्ने गरेका छन् । भोजपुरमा रामसई, गोलसई र डम्बरसई जातका अलैंची खेती लगाइन्छ ।

www.kantipurdaily.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?