कृषिको उत्पादन र उत्पादकत्व बढाउन इजरायलबाट सिक्नुपर्छ : प्रधानमन्त्रीओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका छन्। अनिल पौडेलले लेखेको पुस्तक इमानको इन्द्रेनीको शनिबार प्रधानमन्त्री निवास बालुवटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनुपर्ने बताए।

“हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ” ओलीले भने, “यसका लागि हामीले इजरायलबाट सिक्न सक्छौं। जहाँ दुई प्रतिशत जनसंख्याले देशलाई खान पुर्याएर अन्नको निर्यात पनि गर्ने गरेको छ।” सहकारी अभियन्ता तथा नेकपाका नेता केशव वडालको जीवनमा आधारित उक्त पुस्तक विमोचन गर्दै ओलीले वडालको जीवन नै सहकारीमा होमिएको बताए।

“नेपालको सहकारी आन्दोलनमा वडालजीको योगदान अतुलनीय छ। पार्टीका हरेक बैठकमा उहाँले सहकारीका एजेण्डा अघि सार्ने र त्यसको महत्व पार्टीका सबै नेताहरूलाई समेत बुझाउने गर्नु भएको छ।” ओलीले भने। मानिसलाई मरेपछि मात्र प्रशंसा गर्ने चलनको अन्त्य गर्दै जीवित छदै प्रशंसा गरेर पुस्तक लेखेकोमा ओलीले लेखक पौडेललाई धन्यवाद दिए।

“त्यस्ता मान्छेको जीवित छदै प्रशंसा गरिन्छ जसले बाँकी जीवनमा पनि गलत गर्दैनन् भन्ने निश्चित हुन्छ”ओलीले भने, “वडालजी त्यस्ता थोरै मध्येका एकजना पात्र हुनुहुन्छ। जसको जीवनकालमै प्रशंसा भएको छ।”

nagariknews.nagariknetwork.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?