संकलन केन्द्र नहुँदा ओखलढुंगा सदरमुकाममा सदैव दूधको अभाव

ओखलढुङ्गा, दूध संकलन गर्ने उपयुक्त माध्यम नहुँदा ओखलढुंगा सदरमुकाममा दूधको अभाव हुने गरेको छ । दैनिक ३ सय लिटर भन्दा बढी दूधको माग हुने सदरमुकाममा संकलन केन्द्र नहुँदा दूधको अभाव भएको हो ।

शुभलक्ष्मी दुग्ध प्रशोधन तथा चिस्यान केन्द्रले मुस्किलले ८० लिटर दूध मात्र संकलन गरि बिक्रि गर्दै आएपनि पर्याप्त नहुँदा ओखलढुंगावासी सरकारबाट संकलन केन्द्र निर्माण गर्न आग्रह गर्दै आएका छन् ।

केन्द्र स्थापनाका लागि कम्तिमा ८ लाख सम्म लागत लाग्ने अनुमान गरिएको छ । तर, हाल संकलित दूधका लागि नियमित सवारी चल्ने सडक नहुदाँ प्रति लिटर २० रुपैयाँसम्म ढुवानी भाडा लाग्ने गरेको छ । केन्द्रले थोरै परिणाममा दूध संकलन हुन थालेपछि तताउने र चिस्याउने काम नगरी सोझै उपभोक्तालाई वितरण गर्दै आएको छ ।

जिल्लाका पश्चिमी क्षेत्र कटुञ्जे, हर्कपुर, प्राप्चा, च्यानाम लगायतका क्षेत्रमा गाईँ भैँसी पाल्ने किसानको संख्या उल्लेख्य भएपनि हिउँद समयमा दूध गाउँमै खपत हुने गरेको छ|

www.news24nepal.tv

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments