बोडी खेतीबाट शिक्षकको मनग्य आम्दानी

दमौली,तनहुँ देवघाट गाउँपालिका–३ छिपछिपेका शिक्षकले बोडिबाट मनग्य आम्दानी गरेका छन् ।

दिउँसो विद्यालयमा पढाउने तुलबहादुर आलेले बिहान–बेलुकाको फुर्सदको समयमा आफ्नो बारीमा तरकारी खेति गर्छन । काम गर्नलाई जाँगर हुनुपर्छ भन्ने कुरा उनले आफ्नो कामबाट प्रमाणित गरिएको छ । शिक्षण पेशासँगै उनले बोडी खेतीबाट समेत मनग्य आम्दानी गर्ने गरेका छन् । उनले बोडी बिक्रीबाट वार्षिक रु दुई लाखसम्म आम्दानी हुने गरेको बताए ।

मालेपाटन–१ जातको बोडीखेती गर्नुभएका उनले आगामी वर्ष अझ आम्दानी बढ्ने अनुमान गरेको बताउनुभयो । ‘‘शिक्षण पेशा र खेतीलाई समय छुट्याएर काम गरिरहेको छु,’’ उजले भने, ‘‘बोडी खेतीबाट राम्रो आम्दानी छ, सन्तुष्ट पनि छु ।’’

सोही ठाउँका शान्तिमाया गुरुङले समेत बोडी खेतीबाट गत वर्ष रु एक लाख साठी हजार आम्दानी गरेको बताउनुभयो बतए । “यो वर्ष अझ राम्रो उत्पादन भएको छ, आम्दानी बढ्ने अनुमान छ”, उनले भने ।

अर्का कृषक गङ्गासिंह गुरुङले पनि बोडी खेतीबाट रु एक लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । उनका अनुसार मालेपाटन–१ जातको बोडी बाह्रै महीना उत्पादन हुन्छ । फागुनदेखि चैत्र र साउनदेखि भदौ महीनामा बोडीको बीउ उत्पादन गर्न सकिन्छ ।

बोडीको बजारमा कुनै समस्या नरहेको उनले बताए । यहाँ उत्पादन भएको बोडी तनहुँ, पोखरा, चितवन, काठमाडौँलगायतका ठाउँमा बिक्री हुने गरेको उहाँले जानकारी दिए ।

क्विन्टलको रु तीन हजारसम्म बिक्री हुने गरेकाले बोडी खेतीमा यस ठाउँका कृषकहरु आकर्षित भएका छन् । सहास नेपाल नामक संस्थाको सहयोगमा यस ठाउँका कृषकले बोडीखेती शुरु गरेका हुन् ।

यस ठाउँका ४४ घरधुरीले बोडीखेती गरेको स्थानीय शान्तिमाया गुरुङले बताए । “तीन÷चार वर्षदेखि यहाँका मानिसले व्यावसायिक रूपमा बोडीखेती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “बोडीखेती आयआर्जनको प्रमुख स्रोत बनेको छ ।” बोडीमा लाग्ने किराले बेला–बेलामा बोडी खेती नष्ट गर्ने गरेको गुनासो गर्छन् स्थानीय तुलबहादुर गुरुङ । उनले बोडी खेती गर्ने कृषकलाई थप प्राविधिक ज्ञान र अनुदान वितरण हुनुपर्ने माग गरेका छन्।

www.news24nepal.tv

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?