अलैंचीको माग आएन

ताप्लेजुङ — पहाडी जिल्लामा हुने अलैंचीको उत्पादनमा अहिले किसान व्यस्त छन् । दिनरात फसल टिप्ने काम भइरहेको छ । साउन अन्तिम सातादेखि सुरु भएको फसल उठाउने काम मंसिर पहिलो सातासम्ममा पूरै सकिन्छ । दिनभरि बोटबाट टिप्छन् र रातभरि भट्टीमा सुकाउँछन् । थुंगाबाट दाना छुट्याउने काम पनि साँझ बिहान हुन्छ ।

बजार मूल्य भने निराशाजनक छ । व्यवसायीका अनुसार पछिल्ला दिन माग आउनै छोडेको छ । अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई दसैंमा निर्यात नभएको बताउँछन् । ‘दसैंको १०/१२ दिन निर्यात भएन । दसैं पनि सकिँदै गयो । बिर्तामोडका अधिकांश अलैंची बिक्री गर्ने पसल खुलिसकेका छन्,’ उनले भने, ‘तर माग भने आएकै छैन ।’ दसैंपछि कुनै पनि व्यवसायीकोमा मागको एक कल फोन पनि नआएको उनले बताए । भट्टराईका अनुसार भारत आसामको अलैंची नसकिँदासम्म नेपालमा माग आउने सम्भावना कम रहेको छ । अघिल्लो वर्षको तुलनामा असोज तेस्रो सातासम्म पनि माग कम आएको थियो ।

उस्तै हावापानी भएको आसाममा पछिल्ला वर्ष अलैंचीको खेती बढेको छ । १२ देखि २५ सय मिटर उचाइसम्मको जमिन अलैंचीले ढाकेको छ । सिक्किम राज्यको अलैंची पनि अहिले धमाधम उत्पादन भइरहेको छ । त्यहाँको अलैंची नेपाली ३२ हजार प्रतिमन (४० किलो) ले बित्रबताउँछन् । नेपालमा झापाको बिर्तामोडमा २९ हजार प्रतिमन छ । बिर्तामोड पहाडबाट अलैंची संकलन हुने केन्द्र हो । नेपालबाट भारतको बजारमा पुग्दा ३३ हजार मन हुन्छ । पहाडी जिल्लाका किसानले भने तराईसम्म पुर्‍याउने भाडा जोडेर बिक्री गर्ने गरेका छन् । ताप्लेजुङ, पाँचथर, तेह्रथुममा अहिले २७ हजार प्रतिमन रहेको छ ।

नेपालको तुलनामा सस्तो र किसानले उत्पादन गर्नासाथ बिक्री गर्ने भएकाले नेपालमा माग नआएको व्यवसायी बताउँछन् । अलंैची व्यवसायी महासंघका उपाध्यक्ष दिपक नेपालले भने, ‘नेपालका किसानले अलैंची स्टक (गोदाम) गरेर राख्न सक्छ तर त्यहाँका व्यवसायीले राख्दैनन् ।’

गोदाम नगर्ने भएकाले उनीहरूको उत्पादन कार्तिकभरमा बिक्री भइसक्ने नेपालको दाबी छ । अहिलेको बजार माग भारतको अलैंचीले धानिरहेको नेपालका व्यवसायी बताउँछन् । मंसिरपछि भने नेपालको अलैंचीको माग आउन सक्ने उनीहरूको आशा छ । नेपाल, भारत र भुटानमा उत्पादन भएको अलैंची भारतको राजधानी नयाँदिल्ली हुँदै पाकिस्तान र खाडी राष्ट्रमा निर्यात हुन्छ । सबैभन्दा बढी सामुद्रिक मार्ग भएर खाडी जाने गरेको छ । गरम बढी हुने मुलुकले शितलता प्रदान गर्ने मसला बनाउन यसको प्रयोग गर्ने गरेका छन् ।

उत्पादन गर्ने देश नेपालमा भने धार्मिक प्रयोजनमा सामान्य काहेक यसको प्रयोग हुँदैन । कृषि मन्त्रालयको तथ्यांकअनुसार नेपालले वार्षिक ५ मेट्रिकट्रनको हाराहारीमा उत्पादन गर्दै आएको छ । अलंैची व्यवसायी महासंघका अनुसार अहिले ४३ जिल्लामा उत्पादन सुरु भएको छ । सवैभन्दा धेरै ताप्लेजुङले उत्पादन गर्न । गतवर्ष ताप्लेजुङमा मात्रै २८ मेट्रिकट्रन उत्पादन भएको तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments