ढिलो फल्यो सुन्तला

सुनसरी — विगत वर्षहरूमा उपभोक्ताहरूले कात्तिक पहिलो सातादेखि पूर्वी पहाडी भेगमा फलेका सुन्तलाको स्वाद पाइसकेका थिए । तर, यो वर्ष त्यस्तो अवसर प्राप्त गर्न अझै तीन साता पर्खिनुपर्ने भएको छ  ।

धरानको कृषिउपज बजारमा गत वर्ष असोज तेस्रो साता सुन्तला झरिसकेको थियो ।

गत वर्षको यही समयसम्म अर्थात् कात्तिक पहिलो सातासम्म करिब ५ करोड रुपैयाँको ५ सय मेट्रिक टन सुन्तलाको कारोबार भइसकेको थियो । बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘यो वर्ष पूर्वी पहाडी भेगका सुन्तला आएकै छैन । उपभोक्ताहरूले सुन्तलाको स्वाद चाख्न अझै कम्तीमा दुई साता पर्खिनुपर्ने भएको छ ।’

सुन्तला उत्पादन हुने पूर्वी जिल्लाहरू धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ, संखुवासभाका सुन्तला कृषकका बगानमा अझै पनि हरियै छन् । धनकुटास्थित खोकुका सुन्तला कृषक बर्मा राईले भने, ‘यो वर्ष कात्तिक पहिलो साता कटेर दोस्रो साता पनि लाग्न लाग्यो तर बोटको सुन्तलामा अझै रङ निस्कनै सकेको छैन । जब कि पोहोर परारतिर यतिबेला सुन्तलामा रङ निस्किसकेकाले टिपेर धरान झारेका थियौं ।’

वनस्पतिविज्ञ कमल मादेनका अनुसार सुन्तला कहिले ढिलो फल्नु र कहिले छिट्टै फल्नुमा बढी वर्षा र कम वर्षा, तापक्रम, जलवायु परिवर्तन आदिका कारणहरू रहेको हुन सक्छ । उनले भने, ‘यो वर्ष पूर्वी पहाडमा कम वर्षा भएको कारणले पनि सुन्तला उत्पादनमा ढिलाइ हुन सक्छ । तर, मुख्य कारण जलवायु परिवर्तनको असर नै हो ।’

तीन साता ढिलो भए पनि यो वर्ष सुन्तला उत्पादनमा करिब ३० प्रतिशत बढी उत्पादन हुनेमा भने कृषकहरू खुसी छन् । कम फलेको वर्षपछि अर्को वर्ष बढी फल्ने विश्वास कृषकहरूमा छ । पूर्वी पहाडमा गत वर्ष कम सुन्तला उत्पादन भएको थियो ।

धरानको कृषि बजारबाट व्यापारीहरूले इटहरी, विराटनगर, दमक, विर्तामोड, राजविराज, लहान, जनकपुर, काठमाडौं, पोखरासम्म लैजाने गरेका छन् । धनकुटास्थित खोकुको सुन्तला बढी नै रसिलो र स्वादिलो भएकाले राष्ट्रिय ख्याति कमाएको छ ।कान्तिपुर

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

1 thought on “ढिलो फल्यो सुन्तला

Leave a Reply

Your email address will not be published. Required fields are marked *