माहुरी घारमा विष!,लाखौंको माहुरी सखाप

चितवनका किसानले चरनका लागि दाङ ल्याएका मौरी मरेका छन्।

तोरीबारीमा चरनका लागि राखिएका ४४ घार मौरी नष्ट भएको हो।

चरन क्षेत्रमा राखिएको मौरीको घारमा अज्ञात समूहले विष राखिदिएपछि मह, मौरी र घार नष्ट हुँदा आफूलाई करिब २२ लाख नोक्सान भएको किसान विकास नेपाल क्षत्रीले बताए।

किसान नेपालले दाङको घोराही उपमहानगरपालिका १२ का कृष्णबहादुर घर्तीको तोरीबारीमा चरनका लागि असोज २५ मा मौरी राखेका थिए।

‘मौरीको घारमा नै विष हालिएको रहेछ। मौरी मरे, मह काम नलाग्ने भयो। घार जलाउनुपर्यो’, किसान नेपालले सेतोपाटीसँग भने, ‘२५ गते दाङमा मौरी चरनका लागि छाडेर म दसैं मनाउन चितवन फर्कें। त्यही बेला कसले विष हालिदिएछ। कात्तिक ७ गतेमात्रै मौरी सखाप भएको थाहा पाएँ।’

बिएन बी ‘बी फर्म’ का सञ्चालक समेत रहेका किसान नेपालले स्थानीय टोल विकास संस्थासँग छलफलपछि मात्रै आफूले चरनका लागि मौरी राखेको बताए।

उनले मौरी चराए बापत सिस्नेरी टोलको महिलाका लागि सामुदायिक भवन बनाइदिने प्रतिवद्धता जनाएका थिए।

‘मौरीमा विष राखेर बदमासी गरे’, उनले भने। चितवनका किसानले चार सय ३२ घार मौरी चरनका लागि दाङ ल्याएका छन्।

दाङका प्रहरी प्रमुख एसपी हरिकृष्ण शर्माले मौरीमा विष राख्ने समूहको खोजी भइरहेको बताए। प्रहरीले सिस्नेरी टोलका दुई महिलालाई सोधपुछसमेत गरिसकेको छ।

तोरीमा राखेको विषले मौरी सखाप नहुने भन्दै किसान नेपालले मौरीको घारमै विष राखिएको हुनसक्ने बताए। घारमा मेटासिटको गन्ध आएकोले सो विष हालेको हुनसक्ने प्रहरी अनुमान छ।

दाङमा योसमेत गरी चौथो पटक विषबाट मौरी नष्ट भएको हो। २०५७ सालमा फुर्सेखालीमा २०७२ सालमा बगालेमा र २०७४ सालमा रामपुरमा यसैगरी विष हालिदिएर चरणका लागि ल्याइएका मौरी नष्ट भएका तर, त्यसबेला पनि विष हाल्ने दोषीको पहिचान गर्न प्रहरीले सकेन।

दोषीको पहिचान र उनीहरूबाटै क्षतिपूर्ति भराउनेजस्ता कारबाही नहुँदासम्म गतिविधि नरोकिने नेपाल मौरीपालक महासंघका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले बताए। किसानलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने उनले तर्क गरे।सेतोपाटी

सम्बन्धित खबर
रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता
रासायनिक मल

काठमाडौँ : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच ...

पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

1 thought on “माहुरी घारमा विष!,लाखौंको माहुरी सखाप

  1. Pingback: carteloil

Leave a Reply

Your email address will not be published. Required fields are marked *