स्याउ भण्डारणमा समस्या

सिमकोट, यसपालि फारममा स्याउ धेरै फलेपछि किसानलाई भण्डारणको चिन्ता हुन थालेको छ । स्याउ भण्डारण गर्ने नयाँ प्रविधि नभएको र परम्परागत रूपमै बोरामा प्याकिङ तथा जमिनमुनि खाल्डो खनेर राख्नुपर्ने अवस्था आउँदा स्याउ कुहिने डरले किसान चिन्तित हुन थालेका हुन् ।
फार्ममा डेढ सय बोट स्याउ लगाएर राम्रो फलेको बताउने सिमकोट गाउँपालिका २ ठेहेका अगुवा किसान गोरासिंह बोहोराले उत्पादन भएको स्याउ बिक्रीको समस्या रहेकै अवस्थामा भण्डारण गर्न पनि कठिनाइ देखिएको हुँदा अब स्याउ कुहिने डर लाग्न थालेको बताउनुुभयो । अहिलेसम्म त स्याउ बोटमै रहेको भए पनि अब रुखबाट टिपेर थन्क्याउने बेला हुनै लागेको भए पनि भण्डारणमा समस्या देखिएको उहाँले बताउनुुभयो ।

गत वर्ष बोरामा राख्दा र जमिनमा खाल्डो खनेर स्याउ दबाउँदा कुहिएको सम्झँदै बोहोराले अब कसरी स्याउ भण्डारण गर्ने भन्ने चिन्ताले सताएको बताउनुुभयो ।
हाल फार्ममै प्रतिदाना पाँच रुपियाँमा स्याउ बिक्री भइरहेको र त्यसमा पनि बजारको समस्या देखिएको उहाँले बताउनुुभयो ।

यता सिमकोट चार हिल्दुमका जङ्गबहादुर शाहीलाई पनि स्याउ भण्डारण गर्ने चिन्ताले सताएको छ । हालसम्म तीस हजारको स्याउ बिक्री गरी सक्नुभएका शाहीले १२ देखि १५ क्विन्टल स्याउको सुकुटी बनाए पनि स्याउ अझै रुखमा हुँदा भण्डारण समस्या देखिएको बताउनुुभयो । भण्डारण राम्रो गर्न सके आगामी वैशाखसम्म राख्न सकिने र त्यतिसम्म बजारको समस्या टर्ने भएको कारण अव भण्डारणकै चिन्ता लाग्न थालेको उहाँले बताउनुुभयो । अझै तीसदेखि ४० बोट स्याउ बाँकी रहेको उहाँले बताउनुुभयो ।

यस वर्ष स्याउ उत्पादन पनि बढी भएकाले भण्डारमा समस्या देखिएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख बलबहादुर फडेराले बताउनुुभयो । अहिले दैनिक रूपमा नेपालगञ्ज र सुर्खेतका लागि ३० देखि ४० कार्टुन स्याउ बाहिरिए पनि उत्पादनअनुसार बजारको समस्या भएका कारण किसानलाई भण्डारणको समस्या देखिएको उहाँले बताउनुुभयो । आधुनिक रस्टिक स्टोरहरू निर्माण भई नसकेको कारण स्याउ भण्डारमा किसानले बर्सेनि रूपमा समस्या झेल्दै आएको उहाँले बताउनुुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments