अर्गानिक स्याउको माग धेरै

कालीकोट, कर्णालीको अर्गानिक स्याउको माग बढेको छ । कर्णालीको अर्गानिक स्याउ अन्य ठाउँको भन्दा स्वादिलो भएका कारण माग उच्च रहेको विक्रेताले बताउने गरेका छन् । कर्णालीमा पाइने अर्गानिक स्याउको चाडवाडमा कोसेलीका रूपमा अरूलाई लैजाने चलन भएका कारणले पनि स्याउको माग उच्च रहेको थियो । दशैँ सकिए पनि अझै स्याउको माग भइरहेको छ ।

तिहारका लागि कर्णालीबाट अन्य जिल्लामा जाने मानिसले कोसेलीका रूपमा लैजाने क्रम बढिरहेका बेला मुगुको राराताल घुम्न आउने पर्यटकले कर्णालीको अर्गानिक स्याउ लिन थालेपछि माग अनुसार आपूर्ति गर्न नसकिएको मान्म बजारकी फलफूल व्यापारी कुसा आचार्यले बताउनुभयो । उहाँले भन्ननुभयो, एक गाडी स्याउ पसलमा झारेको एक घण्टाभित्र सबै स्याउ सकियो । एक जनाले १० पेटी लिनुभयो । अनि माग कसरी पु¥याउनु उहाँले भन्नुभयो । स्याउको माग निकै छ, पु¥याउन सकिएको छैन ।

स्याउ निकै रसिलो भएका कारण माग उच्च रहेको कालीकोट मान्मका अर्का फलफूल व्यापारी रुपप्रसाद आचार्यले बताउनुभयो । यहाँबाट बाहिरी जिल्लामा जानेले कोसेलीका रूपमा स्याउ धेरै लैजाने गरेका छन् । उहाँले पहिलेका वर्ष भन्दा यो वर्ष स्याउको माग बढेको बताउनुभयो ।

शुरूमा रारा आउने कोही हुँदैन थिए, जति लगे कर्मचारीले मात्र लिने गरेकाले माग आपूर्ति गर्न पनि सजिलो थियो । पोहोर सालबाट रारा आउनेको ठूलो भीड लाग्न थालेपछि माग पूरा गर्न निकै समस्या छ । भदौ महिनामै ठेकेदारले बगैँचामा पुगेर स्याउ लिने गरेकाले किसानले मूल्य कम पाउने गरेका छन् । बगैँचामा ३० रुपियाँ केजीले स्याउ ठेकेदारले लिन्छन्, आजभोलि होलसेल बेच्दा ७५ रुपियाँ प्रतिकिलो पर्ने गरेको छ । बजारका खुद्रा पसलमा त स्याउको मूल्य एक सय रहेको खुद्रा व्यापारी दुर्गा नेपालीले बताउनुभयो । उहाँका अनुसार दैनिक १० देखि १५ कार्टुन स्याउ आफैँले रु. एक सयका दरले बेच्ने गरेको बताउनुभयो । होलसेल पसलबाट रु. ७५ रुपियाँ किलोका दरले किनेर ल्याउँछु, यहाँबाट रु. एक सयमा बेच्दा २५ रुपियाँ फाइदा आउँछ, उहाँले भन्नुभयो । एक पेटीमा न्यूनतम दस किलो हुन्छ, आफूले एक दिनमा १० पेटी स्याउ बेच्दा पनि रु. २५ सय तीन हजार फाइदा पाउँछु तर स्याउ नभएर पो पिर भएको छ, नेपालीले भन्नुभयो । तर उता रास्कोटको स्याउ भने ढुवानी गर्ने सडक नभएका कारणले अझै पनि रुखमै रहेको छ । गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?