स्याउले तान्यो पर्यटक

लमजुङ, मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१, भ्राताङको स्याउ बगैँचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन लोभ्याउने गरेको छ ।

एग्रो मनाङ प्रालिले भ्राताङमा ४५० रोपनीमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटक पनि बगैँचामा नै रमाउने गरेका छन् । मनाङ घुम्न जानेहरू भ्राताङको स्याउ बगैँचा नघुमी फर्कदैनन् । स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र स्याउ किनेर लाने गर्छन् ।

पोखरालेखनाथ महानगरपालिका–२३ का राम भण्डारीले स्याउ बगैँचाको बारेमा साथीबाट जानकारी पाएपछि घुम्न आएको बताउनुभयो । सबैले कुरा गर्छन् । साथीहरू पनि घुम्न आएका थिए । मलाई पनि एकपटक पुगेर स्याउ बगैँचा हेरौं झैं लाग्यो । अहिले मज्जाले घुमे । निकै रमाइलो भयो, उहाँले भन्नुभयो, सेतो हिमाल, सङ्लो मस्र्याङ्दी, चिसो हावा ।

यो रमाइलो मौसमको समयमा यहाँको स्याउ बगैँचा डुल्न पाउँदा मन नै आनन्दित भयो । घुमेर थाक्ने गरी फैलिएको रहेछ । यहाँबाट हामीले पाठ सिक्न सक्छौं । हाम्रो कृषिप्रधान देशमा यस्तै कृषि कर्म गर्न आवश्यक छ । भ्राताङको स्याउ बगैँचाले हरेक नागरिकलाई व्यावसायिक रुपमा कृषिमा लागी आत्मनिर्भर बनाउन प्रेरणा दिने गरेको उहाँले बताउनुभयो । चामे गाउँपालिका–१, थान्चोकका कमलजङ्ग गुरुङका अनुसार स्याउ बगैँचा हेर्न आन्तरिक पर्यटक बढी मात्रामा आउने गरेको छ । केही घुम्न त, केही स्याउ खेती बारे जानकारी लिन आउने गरेका छन् । स्याउ बारीमा पर्यटकले भरिभराउ हुने गर्छ । आफू पनि महिनामा एक पटक आउने र खेतीबारे बुझ्ने गरेको उहाँले बताउनुभयो ।

समय मिलाएर आउने गर्छु । यहाँको खेती गर्ने प्रविधि बुझ्ने गरेको छु । रहरलाग्दो पाराले स्याउ फलेको छ । यसरी स्याउ फलाउन सके आम्दानी गर्न सकिने रहेछ भन्ने बुझेको छु, उहाँले भन्नुभयो । भ्राताङको स्याउ बगैँचा अवलोकनपछि खेती गर्ने इच्छा जागेको उहाँले बताउनुभयो । खेतीका लागि जग्गा तयार गरिरहेको र शुरूमा चार सय बिरुवा रोप्ने तयारी भइरहेको उहाँले बताउनुभयो । स्याउ बगैँचाले घुम्ने वातावरण सिर्जना गर्ने मात्र नभई कृषिमा लाग्न प्रेरणा दिने गरेको छ । भ्राताङको स्याउ हेर्न भनेर समूहमा समेत साथीहरू आउने गरेको र उनीहरूलाई घुमाउनका लागि समेत पटक÷पटक आउने गरेको उहाँले बताउनुभयो ।

फार्म म्यानेजर पञ्चबहादुर गुरुङका अनुसार स्याउ हेर्नकै लागि भनेर मानिस आउने गरेका छन् । स्याउ फार्म हेर्न विभिन्न ठाउँबाट आउने गर्छन् । फार्ममा रमाउने गरेका छन्, उहाँले भन्नुभयो । स्याउ फार्मसँगै फार्म हाउस निर्माण गरिएकाले उनीहरूलाई बस्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङले ७३५ रोपनीमध्ये बाँकी जग्गामा आगामी बर्ष स्याउ लगाइने बताउनुभयो । गाला, गोल्डेन, फुजी जातका स्याउ लगाइएको छ । गाला र गोल्डेन टिपिसकिएको छ ।

फुजी जातको स्याउ टिप्ने तयारी गरिएको उहाँले बताउनुभयो । इटली र सर्भियाबाट वर्णशङ्कर (हाइब्रिड) जातका बेर्ना ल्याएर चार वर्ष अगाडि रोपेका बोटबाट गत वर्ष करिब तीन सय टन स्याउ उत्पादन भएको थियो । यसवर्ष करिब पाँच सय टन उत्पादन हुने अनुमान उहाँले गर्नुभयो । एग्रो मनाङले उत्पादन गरेको स्याउ पोखरा र काठमाडौँ पुग्ने गरेको छ ।

गत आर्थिक वर्ष २०७४÷७५ मा ८९ हेक्टर क्षेत्रफलमा ९१० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यसअघि आव २०७३÷७४ मा ८७ हेक्टर क्षेत्रफलमा ८२५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । आव २०७२÷७३ मा ७८ हेक्टर क्षेत्रफलमा ६६५ मेट्रिक टन उत्पादन भएको यसअघिको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कृषि प्राविधिकका अनुसार यसअघिका वर्षमा मनाङका स्याउ करिब ७० प्रतिशत जिल्लामै र ३० प्रतिशत बाहिर जिल्लामा खपत हुने गरेको थियो । पछिल्लो समय सडक विस्तार, बजारसम्म स्याउ कृषक तथा व्यवसायीको पहुँचले यो अनुपातमा परिवर्तन भएको प्राविधिक बताउँछन् । उनीहरूकाअनुसार पछिल्लो वर्ष ७० प्रतिशत स्याउ काठमाडौँ, पोखरा, चितवन, बेसीसहरका बजारमा बिक्री हुने गरेको छ । मनाङका चार स्थानीय तहमध्ये नार्पाभूमि बाहेक चामे, नासों र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती गरिँदैआएको छ ।गोरखापत्र

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

3 thoughts on “स्याउले तान्यो पर्यटक

  1. Pingback: unicc shop
  2. Pingback: 토렌트 다운

Leave a Reply

Your email address will not be published. Required fields are marked *