कृषकद्वारा मुसा मार्न प्रशासनमा गुहार

पर्वत — पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् ।

पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरूले कुश्मा नगरपालिका कृषि शाखा, कृषि ज्ञान केन्द्र पर्वत र जिल्ला प्रशासन कार्यालयमा मुसा नियन्त्रणका लागि निवेदन दिएका हुन् ।

बल्लतल्ल रोपाइँ गरेर पाक्ने बेलाको धान थन्क्याउने समयमा मुसाले नष्ट गरेपछि लगाएको बाली यत्तिकै छाड्नु परेको स्थानीय किसानले बताएका छन् । मुसाले ५० प्रतिशतभन्दा बढी धान नोक्सान पुर्याएको स्थानीय ढाकाराम सुवेदीले बताए ।

नगरपालिका–८ र १० का बासिन्दाले खेती गर्दै आएको फाँटमा मुसाको समस्या बढेका कारण नियन्त्रणका लागि पहल गरिदिन र क्षतिपूर्तिको माग गर्न आफूहरु प्रशासन कार्यालय आएको कृषक कोमलनारायण पौडेलले बताए ।

सो अवसरमा प्रजिअ गुरुदत्त ढकालले सम्बन्धित शाखाहरुसँग समन्वय गरेर मुसा नियन्त्रणका लागि पहल गर्ने बताए ।कान्तिपुर

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

2 thoughts on “कृषकद्वारा मुसा मार्न प्रशासनमा गुहार

  1. Pingback: check this

Leave a Reply

Your email address will not be published. Required fields are marked *