हरियो पत्ती चियाको माग बढ्याे, तर मूल्य निर्धारण नहुँदा किसानलार्इ समस्या

इलाम :
यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन ।विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढे पनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ ।

सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी हुन नसकेको चिया उद्यमीको गुनासो छ । राम्रो उत्पादन भएको मौसममा भाउ नआउने र मूल्य निर्धारणमा समेत एकरुपता नहुनाले बढी समस्या भएको ग्रीन हिल अर्थोडक्स चिया प्रशोधन उद्योग साखेजुङका टंक दाहाल बताउँछन् ।

“मार्केट हेरेर मात्र हाम्रो उत्पादनको मूल्य निर्धारण गरिन्छ । कसरी त्यसो भएपछि चियाको उचित मूल्य पाइन्छ”, दाहालले भने, “यति मात्र होइन उद्योग सञ्चालन गरेको समयमा बत्ती पनि हुँदैन ।सरकारले चियाको हरियो पत्तीको मूल्य तोकिदिन सकेको छैन । त्यही कारण मूल्यमा एकरुपता नभएकाले चिया उद्योगैपिच्छे फरकफरक मूल्यमा चिया बिक्री हुने गरेको छ ।

भारतले छोटो समयमा नै हरियो पत्तीको मूल्यमा परिवर्तन गरिदिनाले आफ्नो उत्पादन कतिमा बिक्री हुन्छ भन्ने पनि अन्योलता देखिएको र सरकारसमक्ष पटकपटक आग्रह गर्दासमेत चियाको मूल्य निर्धारण हुन नसक्दा कम मूल्यमा बेच्नुपर्ने गरेको सहकारी संस्थाका विष्णुप्रसाद दुलालले बताउए ।

श्रमिक ज्यालाबाट ठगिन्छन्

यस्तै पछिल्लो समय श्रमिकलाई ऐनअनुसार चिया उद्योगले ज्याला नदिएका कारण समस्या आउन थालेको छ । केही समयअघि मात्र सरकारले श्रम ऐन संशोधन गरेर श्रमिकको पारिश्रमिकसमेत बढाएको छ । तर उद्योगले दिने पारिश्रमिकको भने कुनै सङ्घसंस्थाले अनुगमन नगर्दा धेरैजसो श्रमिक ज्यालाबाट ठगिने गरेका छन् ।

विकल्प नभएपछि काममा जानुपर्ने तर कामभन्दा पनि मानिस हेरेर ज्याला दिने कारण अधिकांश श्रमिकले उचित पारिश्रमिकसमेत नपाउने गरेको उज्यालो कृषि सहकारी संस्थाका विष्णुप्रसाद दुलालको भनाइ छ ।

इलाममा करीब चार करोड पाँच लाख किलो चिया उत्पादन हुने गरेको छ । नेपालका ७७ जिल्लामध्ये १४ जिल्लामा व्यावसायिक चियाखेती हुने गरेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments