धानको मूल्य बढाउन माग

नेपालगञ्ज: सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य निकै कम भएको भन्दै बाँके र बर्दियाका किसानले मूल्य बढाउन माग गरेका छन् । उनीहरूले सरकारले तोकेको मूल्यमा आफूहरूले बिक्री गर्न नसक्नेसमेत जनाएका छन् । सरकारले मोटा धान प्रतिक्विन्टल दुई हजार ३३१ र मध्यम धान दुई हजार ४६० रुपियाँ मूल्य निर्धारण गरेको छ । यो मूल्य धेरै कम भएको र यसबाट खर्चसमेत उठ्न नसक्ने जनाउँदै दुवै जिल्लाका किसानले मूल्य बढाउन माग गरेका हुन् ।

सरकारले मूल्य नतोक्दासम्म बजारमा यसभन्दा पनि बढी मूल्यमा व्यापारीले धान खरिद गरिरहेकोमा मूल्य तोकेपछि उनीहरूले पनि मूल्य घटाएको जनाउँदै मूल्य नबढाएसम्म आफूहरूले खाद्य संस्थानलाई धान बिक्री नगर्ने बाँके नौबस्ताका किसान जयराम थारूले बताउनुभयो । dhan
उहाँले सरकारले तोकेको मूल्य धेरै कम भएको जनाउँदै कम्तीमा पनि मोटो धानको प्रतिक्विन्टल दुई हजार आठ सय र मध्यम धानको प्रतिक्विन्टल तीन हजार रुपियाँ तोक्नुपर्ने माग गर्नुभयो ।

हरेक वर्ष खेतीका लागि चाहिने सबै कुरा महँगो हुँदै गए पनि सरकारले किसानका उत्पादनको मूल्य भने नबढाउने गरेको अधिकांश किसानको गुनासो छ ।
यस वर्ष सरकारले तोकेको मूल्यमा धान बिक्री गर्ने हो भने किसानलाई ठूलो मार पर्ने जनाउँदै बर्दिया राजापुरका किसान हरिराम वलीले यो मूल्यमा सरकारलाई नबेच्ने बरु बेच्नै परे व्यापारीलाई बेच्ने बताउनुभयो ।

८५ हजार क्विन्टल धान खरिद गरिने

यसैबीच नेपाल खाद्य संस्थानले बाँके र बर्दियामा ८५ हजार क्विन्टल धान खरिद गर्ने जनाएको छ । संस्थानका अनुसार बाँकेमा २५ हजार क्विन्टल र बर्दियाको राजापुरमा ६० हजार क्विन्टल धान खरिद गरिनेछ ।
सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार दुवै जिल्लामा धान खरिद गर्ने नेपाल खाद्य संस्थान बाँकेका प्रमुख हरिप्रसाद जोशीले जानकारी दिनुभयो । किसानलाई उचित मूल्य दिई सहुलियतर दरमा चामल वितरण गर्न संस्थानले बाँके, बर्दियासहितका विभिन्न जिल्लाबाट धान खरिद गर्न लागेको उहाँले बताउनुभयो ।
धान खरिद गर्न आवश्यक पर्ने रकम उपलव्ध गराउन अर्थ मन्त्रालयले सहमति दिइसकेको र धान खरिदका लागि परिपत्र आइसकेको प्रमुख जोशीले बताउनुभयो

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments