आधाभन्दा बढी स्याउ बिकेन

सिमकोट, हुम्लामा यस वर्ष उत्पादित स्याउमध्ये आधाभन्दा बढी बिक्री भएन । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको देशको एक मात्र जिल्ला भएका कारण यातायात असुविधाकै कारण उक्त परिमाणमा स्याउ बिक्री हुन नसकेको हो । हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको केही भू–भागबाहेक सबै क्षेत्रमा स्याउ खेती गर्न सकिने कृषि ज्ञान केन्द्रका नाप्रस बलबहादुर फडेराले बताउनुुभयो । आर्थिक वर्ष २०७४÷७५ सम्म हुम्ला जिल्लाभरमा ५३०.६९ हेक्टर जमिनमा स्याउ खेती लगाइएकोमा चार हजार १२० मेट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । त्यसमध्ये दुई हजार एक सय मेट्रिक टन मात्र बिक्री हुन सकेको उहाँले बताउनुुभयो ।

कुल उत्पादनमध्ये साढे तीन सय मेट्रिक टन स्याउ कुहिएर खेर गएकोसमेत उहाँले बताउनुुभयो । जिल्लामा जम्मा स्याउमा बोटहरू एक लाख ६३ हजार पुगेकोसमेत उहाँले बताउनुुभयो ।

१५ रोपनीमा स्याउ चार सयभन्दा बढी बोटबाट यसैपालिबाट उत्पादन लिन थाल्नुभएका सिमकोट गाउँपालिका–६ का कृषक जयचन्द्र रोकायाले ८० क्विन्टल उत्पादन भए पनि दस हजारको मात्र बिक्री भएको बताउनुुभयो । २५ देखि ३० क्विन्टल स्याउ भण्डारण गर्नुभएका रोकायाले उचित व्यवस्था नहुँदा १२ क्विन्टलसम्म सडेगलेको र कुहिएको बताउनुुभयो ।

दस देखि १२ क्विन्टल चाना (सुकुटी) बनाएर हिउँदमा पशु वस्तुलाई खोलेसँगै मिसाएर दिने तयारी गरिएको उहाँले बताउनुुभयो । उत्पादित स्याउनमध्ये केही घरायसी उपभोग भएको र केही आफन्तलाई दिने गरेको उहाँले बताउनुुभयो ।

यातायात नभएकै कारण उत्पादित स्याउले बजार नपाउँदा तत्काललाई निराशा छाए पनि भविष्यमा भने राम्रै हुने विश्वास रोकायाले व्यक्त गर्नुभयो । स्याउ खेतीबाट राम्रो कमाइ हुने विश्वासमा अहिले भने ठेस लागेको उहाँले बताउनुुभयो ।

यता सिमकोट गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका पदमबहादुर लामाले एक हजार दुई सय बोटको स्याउ फार्मबाट पनि साढे चार सय बोटबाट स्याउ उत्पादन हुँदा ६० क्विन्टल स्याउ फलेको भए पनि हालसम्म चालीस हजार रुपियाँको मात्र बिक्री भएको बताउनुुभयो । उत्पादन राम्रो भए पनि बजारकै समस्याले हालसम्म बिक्री हुन नसकेको उहाँले बताउनुुभयो ।

धेरै लगानी गरेर स्याउ फारमबाट यसपालि ४० क्विन्टल स्याउ घरको खाली कोठामा भण्डारण गरिएको र केही भने साथी भाइलाई उपहार दिँदै सकिएको उहाँले बताउनुुभयो । केही क्विन्टल स्याउ भनेर कुहिएर खेर गएको उहाँले बताउनुुभयो ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?