किसानलाई हरियो पत्तीमा दोब्बर मूल्य

दमक — हरियो चियापत्तीले उचित मूल्य पाउन थालेपछि झापाका साना चिया किसान उत्साहित बनेका छन् । उनीहरूले गत वर्षभन्दा यो वर्ष हरियो चियापत्तीको मूल्य दोब्बर बढीले पाए ।

चिया किसान संगठित भएर आफैं कारखाना सञ्चालन गरेपछि हरियो चियापत्तीले उचित मूल्य पाएको हो । गत वर्ष ८ रुपैयाँ प्रतिकेजीमा पत्ती बेचेका किसानले यो वर्ष न्यूनतम १७ रुपैयाँसम्म पाएका छन् । किसानले आफ्नै कारखानामा पत्ती बिक्री गरेपछि मूल्य राम्रो पाएका हुन् ।

यसअघि उनीहरूले निजी कारखानामा पत्ती बिक्री गर्दै आएका थिए । उद्योगीले भनेको मूल्यमा हरियो चिया पत्ती बेच्न बाध्य हुँदा किसानले कहिल्यै उचित मूल्य पाएका थिएनन् ।

साना चिया किसानहरूले यो वर्ष मात्र तीन वटा कारखाना सञ्चालनमा ल्याएका छन् । जिल्लामा किसान आफैंले सञ्चालन गरेको चिया प्रशोधन कारखानाको संख्या चार पुगेको छ । अर्को एउटा कारखाना निर्माणाधीन छ । उनीहरूले यस वर्षदेखि पाराखोपी साना किसान चिया सहकारी संस्था हल्दिबारी, शुभ चिया किसान सहकारी संस्था बाहुनडाँगी र साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीमा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएका छन् ।

साना किसान कृषि सहकारी संस्था पृथ्वीनगरले चार वर्षअघिदेखि कारखाना सञ्चालन गर्दै आएका छन् । साना किसानले मेचीनगर नगरपालिकामा सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाको नेतृत्वमा ग्रिन–टी चिया प्रशोधन कारखाना निर्माण गरिरहेका छन् ।

‘आफ्नै कारखाना भएपछि यो वर्ष हरियो पत्तीको मूल्य राम्रो पाए,’ हल्दिबारी गाउँपालिका ४ का किसान पुष्प निरौलाले भने, ‘पोहोर सरदर ८ रुपैयाँसम्म बेचेको हरियो पत्तीको दाम यो वर्ष १७ रुपैयाँसम्म पाइयो ।’ उनले आफ्नै कारखाना भएपछि हरियो पत्तीको वास्तविक मूल्य किसानले थाहा पाएको बताए ।
‘उद्योगीहरूले हामीलाई वर्षौंदेखि शोषण गरेका रहेछन् । हामीले कत्ति दबाब दिँदा पनि उनीहरूले हामीलाई हरियो पत्तीको वास्तविक मूल्य दिएका थिएनन् ।
कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments