महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय

रामपुर:
पाल्पा, पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय भएका छन् । शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक रुपमा आलु तथा लसुन रोपेका छन् ।

पूर्वखोला–२ जल्पाको खान्तुङ खोलाको नजीकै ५४ रोपनी जग्गामा ५२ क्वीन्टल आलु तथा १०५ किलो लसुन रोपिएको समूहका अध्यक्ष चन्द्रिसरा रखालले जानकारी दिनुभयो । खाली रहेको जग्गाको सदुपयोग गरेर आयआर्जन वृद्धि गरी आत्मनिर्भर बन्नका निम्ति समूहका १५५ महिला लागेका छन् । कोही मल बोक्ने तथा कोही डल्ला फुटाउने गर्दा रमाइलो र सजिलोसमेत भएको महिलाले बताएका छन् ।

महिलाले पहिलो पटक पटक सामूहिक रुपमा खेती गर्दा निकै उत्साहित भएको वडाध्यक्ष नीरबहादुर सारुले बताउनुभयो । गाउँपालिकाले अनुदानमा बीउ वितरण गरेपछि गाउँपालिकाका हेक्लाङ, वीरकोट, सिलुवा रिङ्नेरह, तथा सिलुवाका विभिन्न स्थानमा समेत सामूहिक खेतीको अभियान शुरु भएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

1 thought on “महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *