मौरीसहित घार वितरण

काभ्रे, जिल्लाको रोसी गाउँपालिका ६ सिपाली चिलाउनेका कृषकलाई अनुदानमा मौरीसहितको घार वितरण गरिएको छ । मौरीपालनका लागि उपयुक्त चरन रहेको उक्त वडाका ४७ परिवारलाई मौरीसहित घार वितरण गरिएको हो ।

वडाध्यक्ष पदमबहादुर लामाले ७५ प्रतिशत अनुदानमा कृषकलाई मौरीसहित घार वितरण गरिएको जानकारी दिनुभयो । अन्य उत्पादन खासै नहुने, वनजङ्गल नजिकै रहेको उतm क्षेत्रमा कृषकले मौरीपालनबाट राम्रो आम्दानी लिँदै आएकाले गाउँपालिकाको सहयोगमा मौरीसहितको घार वितरण गरेको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । वडाबाट अघिल्लो आर्थिक वर्षमा २० किसानलाई मौरीको घार अनुदानमा दिइएको थियो ।

वडा ६ ले ६७२ घरधरीलाई नै विभिन्न बीउविजन वितरण गरेको लामाले बताउनुभयो । कृषकको आवश्यकताका आधारमा तरकारी तथा नगदेवालीका बीउविजन वितरण निःशुल्क वितरण गरिएको जनाइएको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments