जुनारमा कीराको प्रकोप

सिन्धुलीमाढी, गत वर्ष बगैँचामा फलेको जुनार बिक्री गरी डेढ लाख रुपियाँभन्दा बढी आम्दानी लिनुभएका सिन्धुलीको गोलाञ्जोर गाउँपालिका ६ नाकाझोलीका जुनार कृषक शेरबहादुर मगर यस वर्ष निकै चिन्तित बन्नुभएको छ । वर्षभरका लागि घर खर्च जुटाउने जुनार खेतीमा यो वर्ष रोग देखा परेपछि चिन्तित बन्नु परेको उहाँको गुनासो छ । सिन्धुलीको पहिचान जस्तै बनिसकेको र कृषकको आम्दानीको मुख्य स्रोत बनेको जुनार खेती रोगाउँदै गएपछि तनाव बढेको कृषक मगरको भनाइ छ ।

त्यसो त कृषक मगरको बगैँचामा साना ठूला गरी तीन सय बोट जुनार छन् । जुनार खान योग्य नहुँदै रोगको सङ्क्रमण बढी सखाप पारेपछि चिन्ता थपिएको कृषक मगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, कृषकको मुख्य नगदेवालीमै रोगको सङ्क्रमण बढेपछि तनाब थपिएको हो ।

कृषकहरूका अनुसार जुनार क्षेत्रमा विभिन्न कार्यक्रम गरी कीराको प्रकोप न्यूनीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जुनार सुपर जोन)ले केही क्षेत्रमा अपनाएको क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम लागू भएको क्षेत्रबाहेक अन्य क्षेत्रको ८० प्रतिशत जुनारमा कीरोको प्रकोप देखिएको छ । जुनार खेतीमा फल कुहाउने औंसा पार्ने झिङ्गा ‘चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स’ रोगको प्रकोप देखिएको विज्ञहरूको भनाइ छ ।

कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालका अनुसार यो विदेशबाट आयातित कीरा हो र भुटानबाट आएको अनुमान गरिएको छ । यो एक किसिमको झिङ्गा हो । चिचिलामा फुल पारिदिन्छ र त्यसपछि फलभित्र पसि औँसा बन्छ । अनि जुनारका दाना कुहुँदै झर्न शुरु गर्छ । सिन्धुलीमा २०७०÷७१ सालदेखि नै यो रोगको समस्या आएको कार्यालय प्रमुख ढकालको भनाइ छ । उहाँले भन्नुभयो, यो रोगलाई बेलैमा व्यवस्थापन गरिएन भने एउटा कीराले अर्को वर्ष पाँच÷छ सय कीरा जन्माउँछ । यो रोग समाधानको उपाय भनेको झरेको फललाई एक ठाउँमा सङ्कलन गरी जमिनबाट १५ फिट गहिरो खाडल खनेर पुर्ने र अर्को बगैँचा सरसफाइ गर्नु पर्दछ ।

जुनार सुपर जोन परियोजनाअन्तर्गत क्षेत्रगत कीरा नियन्त्रण अभियान प्रभावकारी देखिएको अर्का जुनार कृषक तथा जुनार सङ्घ सिन्धुलीका पूर्वअध्यक्ष दीपक कोइराला बताउनुहुन्छ । उहाँले भन्नुभयो, यो वर्ष ४० हेक्टरमा क्षेत्रगत कीरा नियन्त्रण अभियान सञ्चालन गरेकोमा प्रभावकारी पाइयो । ९० प्रतिशत क्षति भएकोमा २५ प्रतिशतमा झ¥यो । यो चीनको मोडेल हो ।
आगामी वर्ष सबै क्षेत्रका उक्त कार्यक्रम सञ्चालन गरी कीरा नियन्त्रणको प्रयास गरिने कार्यालय प्रमुख ढकालले बताउनुभयो ।
मौसमले साथ दिएकोले यो वर्ष सिन्धुलीमा जुनार उत्पादन गत वर्षको तुलनामा झन्डै २० प्रतिशतले वृद्धि भए पनि ४० देखि ४५ प्रतिशत जुनारमा कीराको समस्या देखिएको कृषकहरू बताउँछन् । गत वर्ष जिल्लामा आठ हजार मेट्रिकटन जुनार उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा जुनार खेतीको पकेट क्षेत्र रहेका तीन कन्या, बासेश्वर, रतनचुरा, जलकन्या, मझुवालगायतका ठाउँमा कृषकले कोदो र मकै बाली मासेर व्यावसायिक रूपमा जुनार खेती गर्दै आएका छन् । यो वर्षसम्म जिल्लामा १३ हजार २५ हेक्टर जमिनमा जुनार खेती हँुदै आएको छ ।गोरखापत्र

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

1 thought on “जुनारमा कीराको प्रकोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *