धान ८.८९ प्रतिशतले बढी फल्यो

काठमाडौँ, यस वर्ष लक्ष्यभन्दा बढी धान उत्पादन भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराएको मङ्सिर मसान्तसम्मको तथ्याङ्कमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको छ ।
गत आर्थिक वर्षमा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । विगतभन्दा चार लाख ५८ हजार मेट्रिक टन बढी अर्थात ८.८९ प्रतिशत वृद्धि भएको छ । मन्त्रालयका अनुसार गत वर्षभन्दा करिब १० अर्ब ६९ करोड रुपियाँ मूल्य बराबरको धान उत्पादन भएको छ ।
कृषि मन्त्रालयका सचिव डा. युवकध्वज जिसीका अनुसार समयमा मनसुन सुरु हुनु, धान रोपाइँपछि क्षति हुने गरी बाढी नआउनु, मलखादको अभाव नहुनु, विगतको तुलनामा बढी क्षेत्रफलमा रोपाइँ हुनु र वर्णशङ्कर जातका धानको क्षेत्रफल बढ्नु, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सात वटा जोन र तीनवटा सुपरजोनबाट वृहत रूपमा कार्यक्रम सञ्चालन हुनु वृद्धिका कारण रहेका छन् ।
सात प्रदेशमध्ये सबैभन्दा प्रदेश २ मा चार लाख एक हजार ९०६ हेक्टर जमिनमा १४ लाख ९५ हजार ४४ मेट्रिक टन धान उत्पादन भएको छ । त्यस पछि प्रदेश १ मा तीन लाख २८ हजार ७२८ हेक्टर जमिनमा १२ लाख ३७ हजार ९५२ मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रदेश ३ मा एक लाख ३३ हजार ८४२ हेक्टर क्षेत्रफल जमिनमा पाँच लाख २१ हजार ४४६ मेट्रिक टन, गण्डकी प्रदेशमा एक लाख १४ हजार २८२ हेक्टर क्षेत्रफल जमिनमा चार लाख २७ हजार ६८९ मेट्रिक टन, प्रदेश ५ मा तीन लाख सात हजार ४०७ हेक्टर क्षेत्रफल जमिनमा ११ लाख ८८ हजार ६७५ मेट्रिक टन, कर्णाली प्रदेशमा ३८ हजार ५२७ हेक्टर क्षेत्रफल जमिनमा एक लाख ३३ हजार ५७९ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा एक लाख ६७ हजार ५३ हेक्टर क्षेत्रफल जमिनमा छ लाख पाँच हजार ६२५ मेट्रिक टन धान उत्पादन भएको छ ।
धान उत्पादनमा वृद्धि गर्नका लागि सरकारले २४ ब्लक, पाँच जोन र एक सुपरजोन बनाएको छ । जसमा झापामा धानको सुपर जोन रहेको छ भने कञ्चनपुर, कपिलवस्तु, प्यूठान, बर्दिया, सर्लाही र सिरहालाई धानको जोन घोषणा गरेको छ ।
त्यस्तै २४ जिल्लामा धानको ब्लक तयार गरेको छ । ५० जिल्लामा चैते धानको खेती गर्न किसानलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । चालू आर्थिक वर्षदेखि धान उत्पादन बढाउन धान मिसन कार्यक्रम पनि सञ्चालन गरेको छ ।
सो मिसन कार्यक्रम ३५ वटा जिल्लामा सञ्चालन रहेको छ । विगतभन्दा २० हजार हेक्टर बढी जमिनमा धान रोपाइँ भएको थियो । गतवर्ष ७५ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यसपटक ९७ प्रतिशत रोपिएको थियो ।
त्यस्तै, विगतभन्दा यस वर्ष ६० हजार मेट्रिक टन रासायनिक मल बढी प्रयोग भएको मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिनुभयो । त्यसबाहेक कृषिमा यान्त्रीकरणले पनि उत्पादन बढेको सचिव जीसीको दाबी छ ।
उहाँले कृषिमा बजेटको पनि अभाव रहेको बताउनुभयो । कृषिमा जुन प्रकारले व्यावसायीकरण, यान्त्रीकरण बढ्दैछ त्यसमा बजेटको निकै आवश्यकता रहेको बताउँदै उहाँले नेपालको कुल बजेट मध्ये कृषिका लागि २.२७ प्रतिशत बजेट मात्र छुट्याएको बताउनुभयो ।
धान उत्पादन वृद्धि भएपछि विदेशबाट आयात हुने चामलमा कमी आउने विश्वास मन्त्रालयले लिएको छ । सचिव जीसीले भन्नुभयो, धान उत्पादनमा वृद्धि भएसँगै चामल आयातमा अवश्य कमी आउनेछ तर नेपालीको जीवनस्तर र शैलीका कारण यहाँ उत्पादन हुने चामल त्यति खपत हुँदैन त्यसले आयात नियन्त्रणमा समस्या हुनसक्छ ।
मन्त्रालयले यसपटक धानमा मात्र होइन, अन्य अन्नबाली तथा तरकारीको उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएको छ । गहुँ, मकै, आलु, फलफूल, तरकारी, दलहन, तेलहन, उखु, मासु, अण्डा, दूध र माछामा लिएको लक्ष्य पनि पूरा हुने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *