एकै बोटमा एक लाखको एभोकार्डाे

धनकुटा, धनकुटाका नगरपालिका ४ स्कुल डाँडाका राजकुमार तामाङको बारीमा लगाएको २५ वर्ष पुरानो बोटमा एक लाख रुपियाँभन्दा बढीको एभोकार्डो फलेको छ । एउटै बोटबाट एक लाख रुपियाँभन्दा बढीको एभोकार्डो बेचेका राई बोटमा करिब दस क्विन्टलभन्दा बढी एभोकाडो फलेको बताउनुहुन्छ ।
उहाँका अनुसार हाल स्थानीय किसानले आफ्नै बारीमा प्रतिकिलो १५० रुपियाँभन्दा बढी पाउने गरेको एभोकार्डोको बोटबाट करिब एक लाख पचास हजार रुपियाँ आम्दानी हुने गरेको छ ।
यसअघिको वर्षमा यस बोटको फल एक लाख रुपियाँँमा ठेक्का लगाएको बताउँदै तामाङ भन्नुहुन्छ एभोकार्डाे खेती गर्न अन्य खेती जस्तो झमेला नहुने र बाँदरको भय नभएको हँुदा सामान्य लगानीमा सोचेभन्दा बढी आम्दानी गर्न सकिन्छ । उहाँका अनुसार हाल यो खेती नगरपालिकाभर विस्तार भएको छ । धनकुटालाई एभोकाडोको राजधानी घोषणासँगै एभोकार्डोको खेती विस्तारका लागि हाल नगरपालिकाले धनकुटालाई एभोकार्डोबाटै नगरपालिकाको आर्थिक समृद्धि भन्दै अनुदानमा बिरुवा वितरण गरेको छ । गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments