समृद्धिको आधार कृषि: राष्ट्रपती भण्डारी

इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रमा लगानी बढाउन आग्रह गरेकी छन्।बिहीबार बिहान इटहरीको तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको अवलोकन गर्न पुगेकी भण्डारीले समृद्धिको आधार कृषि रहेको भन्दै यसक्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखिन्।

उनले कृषिको उत्पादन बढाउन आधुनिक औजारको प्रयोगलाई प्रोत्साहन गर्न पनि आग्रह गरेकी छन्। ‘परम्परागत खेती प्रणालीले सोचेजस्तो आम्दानी गर्न गाह्रो भएको छ,उनले भनिन्, ‘मागको अनुपातमा उत्पादन बढाउन आधुनिक कृषिलाई अंगाल्नुपर्छ।’

भण्डारीले अनुसन्धान केन्द्र तरहराको अवलोकन समेत गरेकी छन्। दुईदिने भ्रमणमा बुधबार पूर्व आएकी भण्डारीले विभिन्न कृषि फर्म र केन्द्रको अवलोकन गरेकी हुन्। तरहरास्थित कृषि अनुसन्धान केन्द्र, पाखिव्रास अनुसन्धान केन्द्र र इलाम कृषि केन्द्रले प्रगती विवरण प्रस्तुत गरेका थिए। उक्त केन्द्रले कृषि क्षेत्रमा गरेको अनुसन्धान र आवश्यकता विषयलाई राष्ट्रपतीसमक्ष प्रस्तुत गरेका थिए।

राष्ट्रपती भण्डारीले तरहरा केन्द्रको अवलोक गर्दै त्यहाँ भइरहेको प्रगती विवरण बुझेकी छन्। बुधबार झापाका दुई कृषि सहकारीको अवलोक गरेकी राष्ट्रपती अब विराटनगरका दुई कार्यक्रममा सहभागी हुने बुझिएको छ।

पूर्वाञ्चल विश्वविद्यालय र महेन्द्र मोरङ क्याम्पसको कार्यक्तममा सहभागी भएपश्चात काठमाडौं फर्किने कार्यक्रम रहेको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईका प्रमुख स्वकीय सचिव मकर खड्काले जानकारी दिए।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments