दाङमा पनि छुर्पी उत्पादन सुरु

लमही – दाङमा पहिलो पटक छुुर्पी उत्पादन सुरु भएको छ। लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन सुरु गरेको हो। संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा लगिएको छ।

बजारमा माग धेरै भए पनि अहिले दैनिक १५ किलो मात्रै उत्पादन गरिरहेको अधिकारीले बताए। ‘बजारमा धेरै माग छ,’ उनले भने,’तर दैनिक १५ किलो मात्रै उत्पादन हुने गर्छ।’

साथै संस्थाले दुग्ध परियोजना सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको दूध खरिद गरेर ‘पाश्चवराइज्ड’ प्रविधिबाट दूध, दही प्रशोधन गरेर बजारमा लगिरहेकाे समेत उनले बताए। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?