चार वर्षयताकै कम सुन्तला उत्पादन

काभ्रे, काभ्रे पलाञ्चोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएपछि कृषक चिन्तित छन् । सुन्तला बोटमा ऐँजेरु पलाएको, जमिन सुख्खा भएको र फुल्ने सयममा बढी पानी र असिना परेका कारण सुन्तला कम फलेको कृषकको भनाइ छ । भूकम्पपछिको वर्षमा काभ्रेमा क्रमशः सुन्तला उत्पादनमा कमी हुँदै आएको छ । भूकम्पले जमिन सुख्खा बनाएका कारण सुन्तला उत्पादन विगतको तुलनामा लगातार ह्रास आइरहेको छ । कृषि प्राविधिक गाउँमा नहुँदा जरा सुक्ने रोगका कारण किसानका बगैँचा नै सखाप भएका छन् । कृषकहरू यो वर्षलाई चार दशकयताकै सबैभन्दा कम सुन्तला उत्पादन भएको बताउँछन् ।
पनौती नगरपालिका १० शङ्खु थापा गाउँका केदारबहादुर थापाले अघिल्लो वर्ष सुन्तला बेचेरै १३ लाख रुपियाँ कमाउनुभएको थियो तर यसवर्ष पाँच लाख पनि नआएको गुनासो गर्नुभयो । चार दशकको अनुभवमा यस वर्षजस्तो सुन्तला उत्पादनमा कमी आएको मलाई थाहा थिएन । उहाँले कम सुन्तला फलेकोमा गुनासो गर्नुभयो ।
थापाले सुन्तला कम फल्नुमा हाँगामा ऐँजेरु पलाउनु र असिनाले सुन्तलाको फूल र दाना झारेका कारण उत्पादन कम भएको बताउनुभयो । थापाले २०३८ सालदेखि २१ रोपनीमा सुन्तला खेती गर्दै आएको बताउनुहुन्छ ।
अधिकांश कृषक सुन्तला उत्पादनमा लगातार कमी आउन थालेपछि पेसा नै परिर्वतन गर्ने सोचमा रहेको बताउँछन् । शङ्खुकी देवकुमारी दाहालले लगातार सुन्तला उत्पादनमा कमी आउन थालेपछि अन्य बाली लगाउनेतर्फ सोचिरहेको बताउनुभयो । यसपालि झन् फलेकै छैन, फलेको पनि सानो दाना छ । भूकम्पपछि लगातार उत्पादनमा कमी हुँदै गएको छ । उहाँले सुन्तला उत्पादनमा कमी आएकोमा चिन्ता व्यतm गदै भन्नुभयो, न त प्राविधिक सहयोग नै पाइन्छ न त कुनै राहत । बरु अरू नै लगाउनु पो पर्छकी भन्ने सोचिरहेकी छु ।
सानो र अमिलो फलेपछि बिक्री राम्रो नभएको कान्छी माया थापाले बताउनुभयो । पाँच रोपनीमा सुन्तला लगाएका छौँ तर यसपालि सुन्तला नफल्दा धेरै घाटा लाग्ने भो । बर्सेेिन हाँगा काट्नुपर्नेमा खेताला नपाउँदा पोहर साल हाँगा नकाटेकाले यसपालि ऐँजेरु पलाएर दुःख दिएको र सुन्तला नफलेको उहाँले बताउनुभयो ।
पनौती नगरपालिकाअन्तर्गत शङ्खु, सुन्थान, कुशादेवी, रयाले, बल्थली, चलाल, श्यामपाटीलगायतलाई सुन्तला पकेट क्षेत्रका रूपमा घोषणा गरिएको छ ।
जिल्लामा व्यावसायिक रूपमा एक हजार तीन सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हँुदै आएको छ । जिल्लामा सुन्तलाबाट वार्षिक १० करोड रुपियाँमाथि करोबार हुने गरेको ज्ञान विकास केन्द्र काभे्रले जनाएको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments