बढ्दै उत्पादन

लमजुङ, हिमाली जिल्ला मनाङमा स्याउ उत्पादन बर्सेनि बढ्दै गएको छ । स्याउ खेती गरिएको जग्गासँगै उत्पादन बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) मनाङले जनाएको छ । पछिल्लो समय हाइब्रिड (वर्ण शङ्कर) स्याउ लगाउन थालेपछि बर्सेनि यसको उत्पादन बढेको स्याउ जोन मनाङका प्रमुख कृषि अधिकृत राजेश्वर सिलवालले बताउनुभयो । उहाँका अनुसार मनाङका कृषकले रैथाने स्याउसँगै वर्ण शङ्कर स्याउ खेती र उत्पादनमा जोड दिन थालेको छ ।
स्याउ जोन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा २०७ हेक्टरको जग्गामा लगाइएको स्याउबाट ९१६ मेट्रिक टन स्याउ उत्पादन भएको छ । यसमा ८९ हेक्टर मात्र उत्पादनशील छ । गत आर्थिक वर्ष २०७४÷७५ मा ८९ हेक्टर क्षेत्रफलमा ९१० मेट्रिक टन स्याउ फलेको थियो । त्यसअघि आ.व. २०७३/७४ मा ८७ हेक्टर क्षेत्रफलमा ८२५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । आ.व. २०७२÷७३ मा ७८ हेक्टर क्षेत्रफलमा ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।
स्याउ जोन मनाङका प्राविधिक सहायक योवनकुमार सुनुवारका अनुसार मनाङका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । स्याउ खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि किसानले चासो दिन थालेका हुन् । फल क्षमता बढी भएका बिरुवा लगाइनु, उन्नत जातको बिरुवा लगाउनु, सिँचाइ र मलखादको राम्रो व्यवस्था भएकाले स्याउ उत्पादन बढेको उहाँले बताउनुभयो । ठाउँ त्यही हो, किसान उही । खेती गर्ने तरिका फरक भएको छ । उत्पादन राम्रो हुँदै गएको, उहाँले भन्नुभयो ।
सिँचाइ, मलखाद र उपचार राम्रो हुँदा तथा साना बोट धेरै ठाउँमा फिजिने भएकाले थोरै जग्गामा पनि हाइब्रिड जातका स्याउको उत्पादन बढी हुने गरेको कृषि प्राविधिकले बताएका छन् । स्याउ जोन परियोजनाले जिल्लाको चामे, मनाङ ङिस्याङ, नार्पाभूमि र नासों गरी चार वटै गाउँपालिकाका सम्भावित ठाउँमा स्याउ फलाउने योजना अघि सारेको छ ।
पहिलोपटक नार्पाभूमि गाउँपालिका २ मेताबेंसीको तीन हजार चार सय मिटर उचाइको जग्गामा स्याउ खेती गर्ने तयारी गरेको छ ।
यसअघि स्याउ खेती गरिँदै आएको मनाङ ङिस्याङ, चामे र नासों गाउँपालिकाका हरेक वडामा स्याउ खेतीका लागि जग्गा छनोट गरिएको छ । मनाङमा करिब एक सय हेक्टरमा लगाइँदै आएको स्याउ खेती एक हजार दुई सय हेक्टरसम्म गर्न सकिने सम्भावना रहेको जोन अधिकृत सिलवालले बताउनुभयो । स्याउ खेती विस्तारसँगै अबका वर्षमा स्याउ उत्पादन बढ्दै जाने उहाँले बताउनुभयो । मनाङका ७० प्रतिशत स्याउ काठमाडौँ, पोखरा, चितवन, बेंसीसहरका बजारमा बिक्री हुने गरेको किसानले बताएका छन् ।गोरखापत्र

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

3 thoughts on “बढ्दै उत्पादन

  1. Pingback: unicvv
  2. Pingback: Buy Guns online

Leave a Reply

Your email address will not be published. Required fields are marked *