स्ट्रबेरीको अनुसन्धान सफल

विराटनगर, व्यावसायिक स्ट्रेबेरी खेती गर्नका लागि विराटनगरमा शुरु गरिएको अनुसन्धान सफल भएको छ । तराईमा स्ट्रबेरी खेतीको सम्भावना अनुसन्धानका लागि ललितपुर महानगरपालिका १४ नखुडोलका युवा कृषकले गर्नुभएको प्रयोग सफल भएको हो । विराटनगर महानगरपालिका १२ बखरीमा नखुडोलका ३६ वर्र्षीय ससन टेवकोटाले गत कात्तिक २२ गते स्ट्रबेरी खेती थाल्नुभएको थियो । स्थानीय हेमन्त शर्मा र मोहन बस्नेतसँग दुई कठ्ठा जमिन भाडामा लिएर रोपिएको बिरुवाले लटरम्मै फल दिएको हो ।
उत्पादन हुनसक्ने सम्भाव्यता अध्ययन गर्नका लागि परीक्षण उत्पादन सफल भएपछि खेती विस्तारको तयारी थालिएको छ । फल पाकेर खान योग्य भएसँगै यसको स्वाद परीक्षण गरिएको छ । युरोपमा उत्पादन भएको फलसँग स्वाद, रङ र आकारमा फरक छैन देवकोटाले भन्नुभयो । माघ १५ गतेदेखि विराटनगरस्थित सेन्ट्रल महलबाट बिक्री गर्ने तयारी गरेको छु । विराटनगरमा उत्पादन भएको स्ट्रबेरीलाई हिमालयन बेरी ब्राण्डमा बिक्री गरिने भएको छ । समिरा एग्रोटेक प्रालि अन्तरगत रहेको यो ब्राण्डको बेरी प्रतिकेजी छ सय रुपियाँमा किन्न पाइने बताइएको छ ।
विराटनगरमा दुई हजार दुई सय र धरानमा पनि खेति शुरु गर्नुभएका देवकोटाले एक हजार आठ सय बिरुवा रोपेको जानकारी दिनुभयो । अमेरिकन र उरुग्वेन प्रजातिको स्ट्रबेरीले वैशाखसम्म फल दिने आशा युवा कृषक देवकोटाको छ । चार हजार बिरुवाबाट तीन हजार दुई सय क्विन्टल उत्पादन हुने आशा राखेको छु, देवकोटाले भन्नुभयो । एक बोटले छ सय ग्राम उत्पादन दिने सङ्केत देखाएको छ, कुनै प्राकृतिक समस्या थपिएन भने २० लाख आम्दानी लिन्छु, लागत चार लाख मात्रै छ । तराईमा भदौ अन्तिम र असोज दोस्रो हप्तासम्म रोप्नु उचित हुने बताइन्छ । रोपेको छ हप्तामा फुल्ने र आठौँ हप्तादेखि फल लाग्न थाल्ने गर्दछ । यो फलको ७५ प्रतिशत भाग रातो भएपछि टिपेर बिक्रीका लागि बजारमा पु¥याउनुपर्ने हुन्छ भने टिपेको दुई दिनसम्ममा खाइसक्नु राम्रो मानिन्छ ।
सप्तरीबाट काठमाडौँ अध्ययनका लागि जानुभएका देवकोटाले बीएस्सीएजी उत्तीर्ण गर्नुभएको छ । त्यसपछि अमेरिकास्थित यूनिभर्सिटी अफ फ्लोरिडाबाट किट विज्ञानमा एमएससी गरेको जानकारी दिनुभयो ।
अहिले बालीको विशेषता बिपरीत रहेको मौसममा उसको उब्जनीको अध्ययन गरिरहेको छु । स्ट्रबेरी तराईमा उत्पादन हुनसक्छ कि सक्दैन अध्ययन त्यहीँ केन्द्रित छ, देवकोटाको भनाइ छ ।
काठमाडौँ, पोखरामा यही प्रजातिको स्ट्रबेरीको खेती गर्न सकिने टेवकोटाको दावी छ । यस अगाडि नुवाकोटको ककनीमा जापानी प्रजातिको स्टबे«री उत्पादन थालिएको थियो । अमेरिकासम्म पुगेर अध्ययन थालेका कृषकले नेपालमै हुनसक्ने कृषिको अध्ययन गर्नका लागि देखाएको दृढता युवा तथा शैक्षिक बेरोजगारका लागि नमुना बन्न सक्छ ।गोरखापत्र

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

1 thought on “स्ट्रबेरीको अनुसन्धान सफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *