गाउँमा उत्पादित चिया शहरमा बिक्री

लमजुङ, काठमाडौँकोे बसाई छोडी गाउँ फर्केका लमजुङका एक युवाले व्यावसायिक चिया खेती गरेका छन् । दोर्दी गाउँपालिका–८ दुवारगाउँका ४४ बर्षीय ओमलाल गुरुङले गाउँमा रू १ करोड २५ लाखको लगानीमा चिया खेती र चिया प्रशोधन केन्द्र स्थापना गरेर चिया उत्पादन गर्न थाल्नुभएको हो । गाउँमा उत्पादित चिया लमजुङदेखि काठमाडौँसम्म विक्री हुँदै आएको छ । चियाको माग बढेकाले आफूले बेंसीसहरको झिङ्गे खोला नजिकै मासिक रू १५ हजारमा सटर भाडामा लिएर चियाको होलसेल विक्री केन्द्र थापना गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त विक्री केन्द्र बुधबार उद््घाटनका क्रममा बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नयाँ व्यवयासलाई नगरपालिकाले स्वागत गर्ने र व्यवसाय प्रवद्र्धनमा जोड दिइने बताउनुुभयो । गाउँ फर्केर व्यवसायमा लागेका युवालाई स्थानीयतहबाट आवश्यक सहयोग उपलब्ध गराइने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विसं २०६७ मा २० रोपनी क्षेत्रफलमा २० हजार चियाका विरुवा लगाई व्यावसायिक चिया खेती सुरु गर्नुभएका गुरुङले हाल १ सय ५० रोपनीमा चिया खेती गर्नुभएको छ । शुरु शुरुमा हातैले चिया प्रशोधन गरेँ । अहिले रू १२ लाख लगानी गरेर चिया प्रशोधन गर्ने उपकरण ल्याएर चिया प्रशोधन गर्न थालेको यसबाट नियमित पाँच जनालले रोजगारी पाएको उहाँले बताउनुभयो ।
सुरुमा इलामबाट चियाको विरुवा ल्याउनुभएका गुरुङले चियाको विरुवासमेत उत्पादन गरी विक्री वितरणसमेत गर्दै आउनुभएको छ । बजारमा आफ्नो क्रिष्टा टी प्रालिको नामबाट ‘लमजुङ टी’ उपलब्ध हुन थालेको जानकारी दिँदै उहाँले महिनामा कम्तीमा एकसय किलो चिया उत्पादन हुँदै आएको र यसबाट कम्तीमा रू एक लाख आम्दानी हुन्छ भन्नुभयो ।
गाउँमा चिया खेती सुरु भएपछि यहाँको बजारमा अन्य कम्पनीको चिया खपत हुन रोकिएको र काठमाडौँका साथै अन्य जिल्लामा पनि उक्त चियाको माग बढेको स्थानीयबासीले बताएका छन् । गुरुङले गाउँवाट चियाबारी जाने कच्ची मोटर बाटो निर्माण गर्नाका साथै एकल लगानीमा गाउँमा एक फूटबल खेलमैदान समेत निर्माण गर्नुभएको छ । (रासस)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments