‘कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ’

काठमाडौँ — पूर्वमन्त्री तथा संसद हृदेश त्रिपाठीले उखु किसानको समस्या सामधान गर्न नसकेर सरकारले निरीहता साबित गरेको बताएका छन् ।

किसानको उखुबिक्री नभएको, बिक्री भएको उखुको भुक्तानी नभएको भन्दैउनले सरकारको आलोचनागरेका हुन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै नेता त्रिपाठीले उखु किसानको विषयमा बराम्बार प्रश्न उठाउँदा लाज लागेको समेत बताए ।

‘बारम्बार यही विषय कुरा उठाउँदा मलाई नै लाज भइसक्यो । जसलाई लाज लाग्नुपर्ने हो, उसलाई नलागेपछि मैले पनि लाज नमानी भनिरहेको छु,’ उनले भने । सरकार जसको भए पनि किसानहरू राज्यबाट निरन्तर उपेक्षित भएको उनको आरोप छ । ‘उखु उत्पादक हैरान भए । बिचौलिया मालामाल हुँदै गए,’ उनले भने ।

सरकारले गत वर्ष उखुु खरिद मूल्य तोके पनि चिनी मिलले किसानको भुुक्तानी नगरेको उनले बताए । ‘कृषि मन्त्रालयको जटिल निर्देशनको कारणले अहिले ३० प्रतिशत किसानले मात्रै अनुदानको रकम पाएका छन्,’ उनले भने, ‘किसानको पुरानो भुक्तानी बाँकी नै छ । सरकारले पठाएको ७० प्रतिशत अनुदान वितरण भएकै छैन । सरकार लाचार भएर बसिरहेको छ ।’

चिनी उद्योगी र सरकारबीचको लडाइँमा किसानले बलिदानी दिनु परेको उनको आरोप छ । ‘चिनी उद्योगपति र सरकारबीचको लडाइँमा नेपालका किसान बलि चढिरहेका छन्,’ उनले भने, ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ।’कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments