विद्यालयले थाल्यो तरकारी खेती

दमक, एक निजी विद्यालयले आफ््ना ‘होस्टेल’का विद्यार्थी तथा अभिभावकलाई अर्गानिक उत्पादन खुवाउन जडीबुटीजन्य उद्यानसहित अर्गानिक सब्जी खेती थालेको छ । झापाको कमल गाउँपालिका–६ को हिमाली बोर्डिङ स्कुलले अर्गानिक खेती शुरु गरेको हो ।
कुनै पनि प्रकारको विषादी र रासायनिक मल प्रयोग नगरी एक बिघाभन्दा बढी जमिनमा अर्गानिक खेती भएको र थप दुई बिघामा विस्तार गर्ने योजना रहेको विद्यालयका संस्थापक निर्देशक जीवन सापकोटाले बताउनुभयो ।
सापकोटाका अनुसार हिमाली हर्ब एग्रो एन्ड रिसर्च सेन्टरमार्फत ८ कक्षाभन्दा माथि पढ्ने विद्यार्थीका लागि प्रयोगात्मक सिकाइसमेत यहाँबाट शुरु गरिएको छ । विषादीरहित तरिकाले खेती गर्ने विधि सिकाउन आपूmहरूले व्यावसायिक रूपमा नै तरकारी खेती तथा जडीबुटीजन्य बिरुवाको उद्यान बनाउन लागिएको सापकोटाले जनाकारी दिनुभयो ।
हामी अर्गानिक उत्पादन खुवाउँछौँ र विद्यार्थीलाई समेत अर्गानिक खेतीको विषयमा प्रयोगात्मक रूपमा पढाउँछौँ, सापकोटाले बताउनुभयो । अहिले होस्टेलमा ८५ जना विद्यार्थी छन् । विद्यार्थीलाई दूध खुवाउन आधा दर्जनभन्दा बढी गाईपालन भएको र गोठ सुधारमार्फत यसैबाट विषादीसमेत बनाइएको बताइएको छ ।
वेस्ट डिकम्पोजर, अग्नियास्त्र, जीवामृतजस्ता तìवसमेत आफै उत्पादन गरेर रासायनिक मललाई विस्थापित गरिएको सापकोटाले बताउनुभयो । खोलाको बगर भनेर चिनिएको ठाउँ अहिले हरियाली बनेको छ, सापकोटाले भन्नुभयो । आधुनिक र व्यावसायिक रूपमा शुरु गरिएको यस प्रकारको खेती अन्यत्रसमेत विस्तार गर्ने योजना छ, सापकोटाको भनाइ रहेको छ ।
अहिले मूला, गाँजर, चुकन्दर, सलगम, बन्दकोपी, काउली, बैगुन, फर्सी, खोर्सानी, धनियाँ, पालुङ्गो, घिरौँला, करेला, भिन्डीलगायत सब्जी उत्पादन शुरु भएको र अब व्यावसायिक रूपमा सजीवन खेती लगाउन लागिएको सापकोटाले जानकारी दिनुभयो । हामी यहाँको उत्पादन खाँदा जडीबुटी खाएजस्तो निरोगी बन्न सहयोग पुगोस् भन्ने ध्ययका साथ अघि बढेका छौँ, सापकोटाले जनाउनुभयो ।
आफूले युट्युब, सामाजिक सञ्जाल, वेबसाइटमा हेरेर आपूmले सिकेको र अहिले चार जना कामदार लगाएर यो काम गरिरहेको सापकोटाले बताउनुभयो । कपुर, अगर, निम, श्रीखण्ड, चारपाटे, रक्तचन्दन, सरिफा, धतुरो, निमलगायतका जडीबुटीजन्य उद्यान निर्माण पनि सँगसँगै बनाउँदै लगिएको छ । हराउँदै गएका जडीबुटीजन्य बोट बिरुवा व्यावसायिक रूपमा लगाएर घरेलु उपचारका लागि औषधि पनि बनाउने सोचमा हामी लागेको सापकोटाले बताउनुभयो । विद्यार्थीहरूले जडीबुटीको विषयमा यहाँबाट ज्ञान पाउनेछन् र व्यावसायिक बन्न सिक्नेछन्, सापकोटाले भन्नुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments