उन्नाइस किसान सम्मानित

पाल्पा, रैनादेवी छहरा गाउँपालिकाको चौथो गाउँसभाद्वारा १९ किसान सम्मानित हुनुभएको छ । गाउँपालिकाले कृषि क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मानित गरेको हो ।

समाजका बेरोजगार युवालाई कृषि पेशामा आकर्षित गर्न सफल त्यस्ता नमूना किसानलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । नगद तथा सम्मानपत्र हस्तान्तरण गर्दै अध्यक्ष कार्कीले समाजमा नमूना बन्दै स्थानीय तहको समृद्धिका लागि सहयोगी बन्न अनुरोध गर्नुभयो ।

उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनेमा रैनादेवी छहरा गाउँपालिका–५ काधनबहादुर पुन, सन्तोष सार्की, नारायणबहादुर कार्की, रैनादेवी छहरा गापा–३ का पुरुषत्तोम पोखरेल, सुन्तला खेतीतर्फ रैनादेवी छहरा–३ काखिमबहादुर दर्लामी, ४ का भोजराज घिमिरे, ५ का नारायणबहादुर कार्की रहनुभएको छ ।

दालचिनी खेतीतर्फ रैनादेवी छहरा गाउँपालिका– ८ का दानबहादुर केसी, कली परियार, वडा नं ७ का कुलबहादुर कार्की, कफीतर्फ रैनादेवी छहरा गाउँपालिका–८ का भगबहादुर थापा, वडा नं ७ का बलबहादुर लम्तरी र नारायणबहादुर कार्की, बाख्रापालनतर्फ रैनादेवी छहरा गाउँपालिका–८ का बुद्धिबहादुर राना, वडा नं २ का नारायणबहादुर पोखरेल, वडा नं १ की हेमा रेश्मी, वडा नं ५ का चन्दबहादुर खड्का रहनुभएको छ ।

दुग्ध उत्पादनतर्फ रैनादेवी छहरा–२ रेखीराम पोखरेल, अर्जुनप्रसाद पोखरेल र वडा नं ५ का होमनाथ पौडेल रहनुभएको सूचना अधिकारी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । रैनादेवी छहरा गाउँपालिका–५ नं वडाका कार्यालय सहयोगी अम्बरबहादुर रायमाझी पनि सम्मानित हुनुभएको छ ।

सम्मानितहरुले रु पाँच हजारदेखि नौ हजारसम्म नगद पुरस्कार पाउन सफल हुनुभएको छ । गाउँपालिकाअन्तर्गत कृषि विकास शाखाको सहयोगमा गाउँपालिकाले किसानलाई सम्मान गरिएको गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो ।

नागरिकता विधेयक राष्ट्रिय हितमा छैन् : केसी

राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले नेपालमा प्रशस्त नदीनाला भएकाले जलविद्युत्को सम्भावना राम्रो रहेको बताउनुभएको छ । नदीनालाको भरिपूर्ण प्रयोग हुन नसक्दा विदेशीका भरमा बिजुली बाल्नुपर्ने स्थिति रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले संसद्बाट नागरिकता विधेयक हुवहु पारित भएमा विदेशी नागरिकले पनि सजिलै वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्ने खतरा बढेको बताउनुभयो । उहाँले विदेशीले सजिलै नागरिकता पाएमा मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, सेनापति, आइजीपी, प्रधानन्यायाधीश विदेशी बन्ने बाटो खुल्ने खतरा रहेको केसीले औँल्याउनुभयो । (रासस)

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments