फलफूलका तीन लाख बिरुवा बिक्री

बैतडी, बैतडीबाट यो वर्षे हिउँदे फलफूलका तीन लाख बिरुवा बिक्री भएका छन् । सतबाँझ सुख्खा फलफूल विकास केन्द्रलगायत जिल्लाका २५ वटा नर्सरीले बैतडीबाट स्याउ, ओखर, नास्पाती, अनार, खुर्पानी, बदामका गरी तीन लाख हिउँदे फलफूलका बिरुवा बिक्री गरेका हुन् ।

सतबाँझ सुख्खा फलफूल विकास केन्द्रको तथ्याङ्क अनुसार यो वर्ष केन्द्रबाट २२ हजार बिरुवा र दशरथ चन्द नगरपालिकाको गुरुखोलालगायत सुर्नया गाउँपालिका २ मा रहेका राजेन्द्र निजी नर्सरीलगायत २५ वटा नर्सरीले तीन लाख हिउँदे फलफूलका बिरुवा बिक्री गरेका छन् । यस वर्ष बैतडीमा हिमपात र वर्षा भएकोले हिउँदे फलफूलका बिरुवाको बिक्री गतवर्षको तुलनामा दोब्बर भएको सतबाँझ सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताउनुभयो । २०१९ सालमा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहने गरी स्थापना भएको सतबाँझ बागवानीमा जलवायु परिवर्तनका कारण स्याउ फल्न छोडेपछि बागवानीको नाम परिवर्तन गरेर सतबाँझ सुख्खा फलफूल विकास केन्द्र भएको छ ।

केन्द्रले पछिल्लो समय हिउँदे फलफूलको नर्सरी स्थापना गरेर बिरुवा उत्पादन शुरु गरेको केन्द्रका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले बताउनुभयो । ओखरका मात्रै ५५ हजार बिरुवा नर्सरीमा हुर्किरहेको केन्द्रले बताएको छ । नर्सरीमा एकदेखि दुई वर्षसम्म हुर्केका बिरुवा बिक्रीका लागि तयार हुने केन्द्रले जानकारी दिएको छ ।अन्य नर्सरी बिरुवाभन्दा दाँते ओखरको बिरुवा खोज्न जिल्ला भित्र र बाहिरबाट प्रशस्त माग आउने गरेको सुख्खा फलफूल विकास केन्द्रले बताएको छ । गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments