स्मार्ट कृषि गाउँ छनोट

देउखुरी,कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले दाङका छवटा गाउँलाई स्मार्ट कृषि गाउँका रूपमा छनोट गरेको छ । कृषि क्षेत्रको विकास र प्रवद्र्धनले नै ग्रामीण क्षेत्रलाई आर्थिकरूपमा सबल बनाउन सक्ने भएकाले प्रदेश सरकारले दाङका छवटा स्थानीय तहमा एक–एकवटा गाउँलाई स्मार्ट कृषि गाउँका रूपमा छनोट गरेको हो ।

कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले चार वर्षे आयोजनाका रूपमा जिल्लाका छवटा गाउँलाई स्मार्ट कृषि गाउँका रूपमा छनोट गरेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ । परियोजनाका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा चार करोड रुपियाँ विनियोजन गरेको छ । निःशर्त अनुदानतर्फ स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन हुन लागेको हो । एउटा गाउँमा ५० लाख रुपियाँका दरले चालू आर्थिक वर्षमा लगानी गरिने कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी कुसुम भुसालले जानकारी दिनुभयो । छनोटमा परेको गढवा गाउँपालिका वडा नंं. २ घुस्रामा तरकारी र बाख्रापालन, लमही नगरपालिका वडा नंं. ९ अर्नवामा कागती र बाख्रापालन, बंगलाचुली गाउँपालिका वडा नं. ६ रिभानटोलमा तरकारी र कागती खेती, घोराही उपमहानगरपालिका वडा नं. ८ र १० स्यानीगाउँको धोवघाट पोखरी क्षेत्रमा तरकारी र वसन्ते मकै खेती, तुलसीपुर उपमहानगरपालिका वडा नंं. १४ लुहाडबरा–मटेरामा तरकारी र वसन्ते मकै खेती र शान्तिनगर गाउँपालिका वडा नं. ७ बुढाडाबर–दुबिचौरमा तरकारी र वसन्ते मकै खेती गरिने सूचना अधिकारी भुसालले जानकारी दिनुभयो । यी क्षेत्र कृषि खेती र उत्पादनका लागि निकै सम्भावित क्षेत्र पनि हुन् ।

एउटै गाउँका ५० घरधुरीको सामूहिक सहभागिता र एक सय ५० रोपनी जग्गा हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ । एक निर्वाचन क्षेत्र एक कृषि गाउँ बनाउने उद्देश्यले जिल्लाका छवटा स्थानीय तहका छवटा गाउँलाई सरकारले उक्त आयोजनामा समावेश गरेको छ । जसले सामूहिक खेतीको अवधारणाको विकास गर्दै कृषि क्षेत्रको विकासमा ठूलो टेवा पु¥याउने प्रदेश सांसद इन्द्रजित थारूले जानकारी दिनुभयो । सरकारले पहिलो आर्थिक वर्षमा शतप्रतिशत अनुदान, दोस्रो वर्ष ७५, तेस्रो वर्ष ५० र चौथो वर्ष उक्त कृषक समूह आफ्नै लगानीमा पूर्ण सञ्चालन गर्नसक्ने गरी प्राविधिक ज्ञान सीपसहितको लगानी गर्न लागेको हो ।गोरखापत्र

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *