बेमौसमी तरकारी खेतीका लागि कृषि सामाग्री वितरण

सिमकोट , जिल्लाकै उच्च क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाले किसानहरुलाई बेमौसमी तरकार खेतीका लागि सामाग्रीहरु अनुदानमा वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाद्धारा वितरण गरिएका ती सामाग्रीहरु किसानकै माग अनुसार वितरण गरिएका हुन ।
वार्षिक कार्यक्रम अनुसार असी जना अगुवा किसानहरुलाई वडाको सिफारिसका आधारमा बेमौसमी तरकारी खेतीका लागि कृषि सामाग्री वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर नेपालीले बताउनु भयो । अनुदानमा वितरण गरिएका सामाग्रीहरुमा ग्रीन हाउसका लागि छ बाई बाह्रको पाल, गार्डेन पाईप, स्प्रिङकल, र छ प्रकार बीउ वितरण गरिएको उहाँले बताउनु भयो । जिल्लाकै उच्च क्षेत्रमा पर्ने, अहिले पनि दुई फिट भन्दा बढी हिउँ जमेको कारण ग्रीन हाउसको आवश्यकता बढी भएको उहाँले बताउनु भयो ।
सामानहरु वडा नम्बर १ मा पन्ध्र जना अगुवा किसान र अरु पाँच वटा वडालाई दश दश जना किसानलाई वितरण गर्ने निर्णय अनुसार वितरण गरिएको कृषि शाखाका संयोजक दिनेश वलीले बताउनु भयो । अरु बाँकी पनि यस क्षेमा काम गरि रहेका किसानलाई वितरण गरिएको छ भने सामाग्रीहरु एक जनालाई बीस हजार मुल्यको रहेको उहाँले बताउनु भयो । ग्रीन हाउस बनाउन भने जमिन सहित अरु आवश्यक सामानको किसानको योगदान रहने शाखाले जनाएको छ । उक्त क्षेत्रमा अहिले आलु बाहेक अन्य हरियो तरकारी कुनै हुँदैन र यो कार्यक्रमले हरियो बेमौसमी तरकारीको पूर्ती गर्ने छ| गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments