भाडाका जग्गामा लटरम्म टमाटर

Krishi Suchana - Agriculture in Nepal

भैरहवा, आत्मविश्वास र मिहिनेत भए जर्जर भूमिलाई पनि सुन फल्ने भूमि बनाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ मधवलिया निवासी राजेन्द्रप्रसाद रेग्मी र उहाँकी धर्मपत्नी अमिकला रेग्मी । चार वर्षअघिसम्म सिद्धार्थनगर नगरपालिका–३ स्थित संस्कृत विद्याश्रमको करिब तीन बिघा जमिन जर्जर र बाँझो थियो । त्यहाँ केही उत्पादन हँुदैनथ्यो तर रेग्मी दम्पतीले लगनशीलता र मिहिनेतले विद्यालयको तीन बिघा जग्गा वार्षिक ७० हजार रुपियाँ तिर्ने गरी भाडामा लिएर व्यावसायिक टमाटर खेती शुरु गर्नुभयो । यो खेती शुरु गरेसँगै उहाँहरूको जीवनमा पनि सुधार आएको छ ।

उहाँहरू अहिले दैनिक करिब दुई क्विन्टल टमाटर खेतबाटै बिक्री गर्नुहुन्छ । उहाँहरूले सिर्जना, सम्झना, सरिता जातका टमाटर उत्पादन गर्नुभएको छ । पहिलो लटको चार कट्ठाबाट करिब दुई लाख रुपियाँ आम्दानी भएको बताउनुहुन्छ । व्यावसायिक टमाटर खेतीका लागि उहाँहरूले १२ लाख रुपियाँभन्दा बढी खर्च भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, खेतमा टमाटर उत्पादन भएको देख्दा जति हर्ष लाग्छ यसको बजार मूल्य नपाउँदा उत्ति नै दुःख पनि लाग्छ । बिचौलियाले किसानबाट सस्तोमा खरिद गरी बजारमा महँगोमा बेच्ने गरेको रेग्मीको गुनासो छ । रेग्मीले आफूसँग प्रतिकिलो ३० रुपियाँमा किनेको टमाटर बजारमा पुग्दा ६० रुपियाँमा बिक्री भइरहेको पनि बताउनुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments