किसानलाई उन्नत जातको बोका वितरण

सिमकोट , बाख्रा पालक किसानलाई अनुदानमा उन्नत सिनाल जातको बोका वितरण गरिएको छ । नाम्खा गाउँपालिकाको वडा नम्बर १ देखि ३ सम्मका बाख्रा पाल्ने किसानहरुलाई सामुहिक रुपमा भोगचलन गर्नका लागि चार वटा उन्नत जातको बोका वितरण गरिएको हो ।
स्थानीय भन्दा पनि उन्नत बोका वितरण गर्दा बाख्रा पालन व्यवसाय फस्टाउन सहयोग पुगोस भनेर गाउँपालिकाले अनुदानमा उन्नत सिनाल जातको बाख्रा वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत बम बहादुर नेपालीले बताउनु भयो । सामुहिक रुपमा स्थानीय बाख्रा पाल्ने किसानहरुले बोका प्रयोग गर्न पाउने उहाँले बताउनु भयो । उक्त वडाहरुमा पशु पालनतर्फ बाख्रा पालन व्यवसायलाई थप सहयोगका कार्यक्रम संचालन गरिने उहाँले बताउनु भयो ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments