लागतभन्दा सस्तो अण्डा

चितवन — नेपाल अण्डा उत्पादक संघले किसानले उत्पादन गर्दा लाग्ने खर्चभन्दा पेिन कम मूल्यमा उपझोक्तालाई अण्डा बित्री गर्ने निर्णय गरेको छ । संघको केन्द्रीय समितिले सोमबार अण्डाको उपभोक्ता मूल्य प्रतिगोटा १० रुपैयाँ तोकेको छ ।

संघले किसानले पाउने अण्डाको मूल्य प्रतिगोटा ६ रुपैयाँ ६६ पैसा तय गरेको छ । संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार एउटा अण्डा उत्पादन गर्न अहिले साढे १० रुपैयाँ खर्च हुन्छ ।

‘हेटौंडा र त्यसपछि काठमाडौंमा बर्डफ्लु आयो भनेपछि अहिले बजारमा अण्डाको खपत ह्वाक्तै घटेको छ । अण्डा बित्री नै नहुने समस्या देखिएपछि मूल्य घटाउनुपर्ने अवस्था आएको हो,’ अध्यक्ष कँडेलले भने । दानाको मूल्य आकासिएको समयमा अण्डाको मूल्य घट्दा धेरै किसानलाई मर्का पर्ने अवस्था छ । संघले तोकेको उपभोक्ता मूल्य लागू हुने सम्भावना कम रहेका कारण उपभोक्ताले योभन्दा महँगो तिर्नुपर्ने सम्भावना पनि छ ।

पहिले ३९ रुपैयाँ किलोमा पाउने दानाको मूल्य बढेर अहिले ५४ रुपैयाँ भएको अध्यक्ष कँडेलले बताए । ‘यस्तो बेलामा अण्डा नै कम बिक्री भएपछि र बेचे पनि कम मूल्य पाएपछि धेरै किसानको अवस्था दर्दनाक हुने खतरा छ,’ अध्यक्ष कँडेलले भने ।

किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्य तोकिएअनुसारकै कायम गर्न तय भएको मूल्यका विषयमा प्रचार–प्रसार गर्ने र अनुगमनका लागि प्रशासनलाई अनुरोध गरेको उनले बताए । देशभर अण्डा उत्पादन गर्ने सात हजारभन्दा बढी किसान रहेको उनले बताए । दिनमा ५० लाख गोटा अण्डा उत्पादन भइरहेको उनले जानकारी दिए । ‘बर्डफ्लुले खपतमा असर गरेको हुँदा निर्धक्क मासु अण्डा खाने वातावरण बनाउन राज्यले सहयोगी भूमिका खेलोस् भन्ने हाम्रो माग छ । हामीले प्रतिगोटा तीन रुपैयाँ ८४ पैसा नोक्सान खाएरै अण्डा बेच्न तयार भएका छौं,’ अध्यक्ष कँडेलले भने ।

यसअघि उपभोक्ताले एउटा अण्डाको १३ रुपैयाँ तिर्नुपर्ने भनेर संघले निर्णय गरेको थियो । उपभोक्ताले अहिलेसम्म बढीमा १५ रुपैयाँ गोटासम्म अण्डा खरिद गरेका छन् । किसानले कुनै बेला बढीमा साढे १० रुपैयाँ गोटामा अण्डा बेच्न सकेको अध्यक्ष कँडेलले बताए । ‘झन्पछि झन् राम्रो मूल्य आउला भनेको लागत बढ्दै जाँदा बेच्ने मूल्य भने घट्दै गएको छ ।

यसले किसानका साथै नेपालकै कुखुरापालन क्षेत्रमा गम्भीर असर पार्छ,’ कँडेलले भने । किसानले दैनिक १ करोड ९२ लाख घाटा बेहोर्दै आएका छन् ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments