एउटा अण्डामा किसानलाई ४ रुपैयाँ घाटा

चितवन — नेपाल अण्डा उत्पादक संघले किसानले उत्पादन गर्दा लाग्ने खर्चभन्दा पन किम मूल्यमा उपभोक्तालाई अण्डा बेच्ने निर्णय गरेको छ । संघको केन्द्रीय समितिले सोमबार अण्डाको उपभोक्ता मूल्य प्रति गोटा १० रुपैयाँ तोकेको छ ।

संघले किसानले पाउने अण्डाको मूल्य प्रति गोटा ६ रुपैयाँ ६६ पैसा तय गरेको छ। संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार एउटा अण्डा उत्पादन गर्न अहिले साढे १० रुपैयाँ खर्च हुन्छ।

‘हेटौंडा र त्यसपछि काठमाडौंमा बर्ड फ्लु आयो भनेपछि अहिले बजारमा अण्डाको खपत ह्वात्तै घटेको छ। अण्डा विक्री नै नहुने समस्या देखिएपछि मूल्य घटाउनुपर्ने अवस्था आएको हो’ अध्यक्ष कँडेलले भने। दानाको मूल्य आकासिएको समयमा अण्डाको मूल्य घट्दा धेरै किसानलाई मर्का पर्ने अवस्था छ। राम्रोसँग बजार अनुगमन नहुने भएका कारण संघले तोकेको उपभोक्ता मूल्यभन्दा बढी मूल्य तिर्नुपर्ने सम्भावना पनि छ।

पहिले ३९ रुपैयाँ किलोमा पाउने दानाको मूल्य बढेर अहिले ५४ रुपैयाँ भएको अध्यक्ष कँडेलले बताए। ‘यस्तो बेलामा अण्डा नै कम विक्री भएपछ रि बेचे पन किम मूल्य पाएपछ धेरै कसिानहरुको अवस्था दर्दनाक हुने खतरा छ’ अध्यक्ष कँडेलले भने।

किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्य तोकिए अनुसारकै कायम गर्न तय भएको मूल्यका विषयमा प्रचार प्रसार गर्ने र अनुगमनका लाग प्रशासनलाई अनुरोध गरेको उनले बताए।

देशभर अण्डा उत्पादन गर्ने सात हजार बढी किसानहरु रहेको उनले बताए। दिनमा एक करोड ९२ लाख गोटा अण्डा उत्पादन भइरहेको उनले जानकारी दिए। ‘बर्ड फ्लुले खपतमा असर गरेको हुँदा निर्धक्क मासु अण्डा खाने वातावरण बनाउन राज्यले सहयोगी भूमिका खेलोस् भन्ने हाम्रो माग छ। हामीले प्रति गोटा तीन रुपैयाँ ८४ पैसा नोक्सान खाएरै अण्डा बेच्न तयार भएका छौँ’ अध्यक्ष कँडेलले भने।

यसअघि उपभोक्ताले एउटा अण्डाको १३ रुपैयाँ तिर्नुपर्ने भनेर संघले निर्णय गरेको थियो। उपभोक्ताले अहिलेसम्म बढीमा १५ रुपैयाँ गोटासम्म अण्डा खरिद गरेका छन्। किसानले कुनै बेला बढीमा साढे १० रुपैयाँ गोटामा अण्डा बेच्न सकेको अध्यक्ष कँडेलले बताए। ‘झनपछि राम्रो मूल्य आउला भनेको लागत बढ्दै जाँदा बेच्ने मूल्य भने घट्दै गएको छ। यसले किसानका साथै नेपालकै कुखुरा पालन क्षेत्रमा गम्भीर असर पार्छ’ कँडेलले भने।कान्तिपुर

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments