कृषकलाई अनुदानमा ट्र्याक्टर

काभ्रेपलाञ्चोक,पाँचखाल नगरपालिका–९ भगवतीस्थानका कृषकलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर (मिनी ट्रेलर) दिइएको छ । नगरप्रमुख महेश खरेलले आज कृषक समूहका अगुवालाई २७ ट्र्याक्टर हस्तान्तरण गर्नुभयो ।

उहाँले मिनी ट्रेलरको प्रयोगले कृषकको समय र खर्चको बचत हुने बताउनुभयो । उहाँले भन्नुभयो “अब सबै वडाका कृषकलाई क्रमैसँग ट्र्याक्टर वितरण गर्नेछौँ ।” उहाँले यस आर्थिक वर्षको बजेटबाट सबै कृषकलाई अनुदानमा ट्र्याक्टर दिइने बताउनुभयो ।

वडाले एक समूहमा पाँच कृषक सदस्य रहेको २७ समूह बनाएर प्रत्येक समूहलाई एक ट्र्याक्टर दिइएको वडाध्यक्ष किरण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “समूह बनाएपछि साधनप्रति माया हुन्छ र मर्मतमा समस्या नहुने भएकाले समूह बनाएर दियौँ ।” उहाँका अनुसार ७ दशमलव ५ हर्सपावरको मिनी ट्रेलर रु ३७ हजारमा खरीद गरी कृषकलाई ५० प्रतिशत अनुदानमा दिइएको हो ।गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments