किसानलाई तरकारी खेती सम्बन्धि तालिम

सिमकोट , तरकारी खेतिलाई व्यवस्थित तथा उत्पादनमा वृद्धि गर्न महिला किसानहरुलाई घरबारी तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको छ । आधुनिक तरकारी खेतीको विकास गर्नका लागि तरकारी खेतीमा बढी लाग्ने महिला किसानहरुलाई यो तालिम प्रदान गरिएको हो । परम्परागत रुपमा तरकारीको बीउ छर्ने र बेर्ना लगाउदा उत्पादन कम हुने अनुभव सुनाउनु हुने सिमकोट पाँचकी किसान मुसी रावतले नयाँ तरिका सिक्दा अब तरकारी खेतीको उत्पादनमा वृद्धि गर्न सकिने मात्र होईन, किरा लागेमा स्थानीय जैविक विषादी निर्माण गरेर त्यसलाई नियन्त्रण गर्न सकिने तरिका सिकेर लागु पनि गरेको बताउनु भयो ।

यसमा प्याज, बन्दा काउली र टमाटरको बीउ छर्ने बेर्ना लगाउने तरिका सिकेपछि अब तरकारीको उत्पादनमा वृद्धि गर्न सहयोग पुगेको उहाँले बताउनु भयो । रावत विगत लामो समय देखि हुम्लामा तरकारी उत्पादन गरेर बिक्री गर्ने किसानका रुपमा पहिचान बनाउदै आउनु भएको छ । जिल्लामा केही तरकारीको बीउ छर्ने बेला भएको र केहीको बेर्ना सार्ने समय भएपछि तरकारी खेतीमा बढी लाग्ने महिलाहरुलाई तालिम प्रदान गरिएको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका प्राविधिक जंग बहादुर शाहीले बताउनु भयो । सिमकोट गाउँपालिका वडा नम्बर चार, पाँच र छ का तीस जना महिला किसानहरु घरबारी तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको उहाँले बताउनु भयो । तालिमबाट तरकारीको बीउ छर्ने, बेर्ना लगाउने र तरकारीमा किरा लागेमा त्यसलाई स्थानीय उपचार विधिका बारेमा पनि जानकारी गरिएकोले किसानहरुलाई उपयोगी हुने उहाँले बताउनु भयो । जिल्लामा केही वर्ष अगाडी देखि आयआर्जनका क्षेत्रमा काम गर्दै आएको गुड नेवर्स इन्टरनेस्नलको आर्थिक सहयोग तथा केन्द्रको प्राविधिक सहयोगमा तालिम संगै बीउ पनि उपलब्ध गराइएको थियो । तालिम पछि राम्रो काम गर्ने उत्कृष्ट किसानहरुलाई बेमौसमी तरकारी खेतीका लागि ग्रीन हाउस निर्माण गर्न पाल तथा बीउ पनि उपलब्ध गराईने केन्द्रका कार्यकारी निर्देशक गोविन्द शाहीले बताउनु भयो ।
गोरखापत्र

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

1 thought on “किसानलाई तरकारी खेती सम्बन्धि तालिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *